गैँडाको आक्रमणमा परी चितवनमा एकजना महिलाको ज्यान गयो

 बिकल्प श्रेष्ठ
चितवन :  चितवनको कालिका नगरपालिका(१ चतुरमुखि समुदायिक वनभित्र एकजना अधबैँसे स्थानिय महिलाको गैँडाको आक्रमणमा परि ज्यान गएको छ। चितवनको चतुरमुखि समुदायिक वनभित्र निउरो टिप्न गएका बेला ५५ वर्षीया तेज कुमारी सुनुवारलाइ दिउँसो गैँडाले आक्रमण गरी ज्यान लिएको हो

उनीसङ्गै निउरो टिप्न गएकी एकजना महिलासङ्ग सोधपुछ गर्दा उनले भनिन हामी सबैजना निउरो टिपि सकेर फर्कदै गर्दा बाटोमा फेरि निउरोको झ्याङ्ग देखेर टिप्न खोज्दा एक्कासी गैंडाले आक्रमा गर्यो ।
सुनवारलाई केहि समय देखि बगालिएर त्यहा आराम गरेर बसिरहेको गैँडाले अचानक आक्रमण गरेको हो। सुनुवारलाई आक्रमण गर्नासाथ बाँकिका महिलाहरु भागेर ज्यान जोगाउन सफल भएको बताउछन ।

गैंडाले आक्रमण गरेर घाइते भएकी महिलालाई गाउँका केहि युवाहरुले बोकेर ल्याउँदै गर्दा जङ्गलको बिचमा नै मृत्यु भएको हो।