अविरल वर्षाको कारण पहिरो गएपछी सिद्धार्थ राजमार्ग (बुटवल-पाल्पा) सडकखण्ड अवरुद्ध

 बुटवल :  अविरल वर्षासंगै पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं.३, सिसुवा नजिकै ठूलो पहिरो खसेपछि बिहानैदेखि अवरुद्ध भएको हो ।

ढुंगासहितको पहिरो खसेका कारण विहानैदेखी राजमार्ग अवरुद्ध भएको र सडक सुचारु गर्न आज दिनभर लाग्ने सडक डिभिजन पाल्पाले जनाएको छ ।

सिदाथ राजमार्गको अन्य स्थानमा समेत पहिरो खसेको भएपनि सामान्य रुपमा सडक संचालन भईरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी बताए ।

सो क्षेत्रमा गतवर्ष पनि ठूला ढुंगासहितको पहिरो खसेपछि तीन दिनसम्म राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।