अविरल वर्षाका कारण कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुल डुबानमा

 भिजन न्युज संवाददाता

पाल्पा :तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन पुलमा क्षति पुर्याएको छ । वर्षाले पाल्पाको रामपुर वडा नं.१, र तनहुँको घिरिङ १, पुट्टार जोड्ने निर्माणाधिन कालीगण्डकी पुलमा क्षति गरेको हो ।

नदमिा पानीको बहाव बढेपछि निर्माणाधीन मोटरेवल पुल डुबानमा परेको छ । पुलको बीचभागमा रहेको तेस्रो नम्बर पिल्लरको काम भइरहेको थियो । अहिले सो पिल्लर पानीले ढुवाएको स्थानीयले बताएका छन् । पानीको बहाब बढेपछि निर्माणमा प्रयोग भएको डोजर, पानी तान्ने पम्प, सिमेन्ट, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री डुब्ने जोखिम बढेको निर्माण कम्पनी युनाइटेड विल्डर्स काठमाडौंले जनाएको छ ।

२१० मिटर लम्बाई रहेको मोटरेबल पुल आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी काम भइरहेको थिायो ।