दैलेखको दुल्लु नगरपालिकाले मनायो फरक तरिकाले गणतन्त्र दिवस

नारायण रिजाल
दुल्लु :भनिन्छ नी समय अनुकुल हुदैन तर समयलाई आफै ले अनुकूल बनाउनु पर्छ त्यस्तै दुल्लुनगरपालिकाले पनि यस वर्षको गणतन्त्र दिवसलाई समय अनुकुल नै बनाएर गणतन्त्र दिवस मनाएको छ ।

नेपालमा जेठ १५ गते गणतन्त्र दिवस परेपनी १४,१५ र १६ गते आफ्नो समय अनुकूल गणतन्त्र दिवस मनाइन्छ ।प्राय ः वर्षहरु नाचगान,कार्यक्रम,बिधालय स्तरिय कार्यक्रम राखेर मनाउने गरिएको थियो तर यस वर्ष कोरोना महामारीका कारण दुल्लु नगरपालिकाले दुल्लु नगरपालिकामा फरक तरिका ले गणतन्त्र दिवस मनाएको हो ।

दुल्लू बगरपालिका वार्ड न ९ मा १४ गते सोही वडामा अबस्थित बिधालय प्रेम देवि मा.वि मा पुगेर कोरोना परिक्षण गरिएको थियो ।जसमा एन्टिजेन्ट परिक्षण गरिएका ५३ जना मा २जना पुरुषमा मात्र एन्टिजेन्ट परिक्षण पोजेटिभ देखिएको थियो । दुल्लू अस्पताल का डा.रन्जना रोकाया तथा दुल्लू नगरपालिका वार्ड न ९ का वडाअध्यक्ष रण बहादुर बोहराको उपस्तिथि मा कोरोना शिविर संचालन सम्पन्न गरिएको थियो ।
साथै दुल्लू अस्पतालमा १० जनामा गरिएको परिक्षण मा १४ गते ९ जनामा पोजेटिभ देखिएको हो ।