
विकास कार्की
दैलेख :हाल विश्वनै महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) बाट जोगीनका लागी नेपालमा पनि प्राय सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा खुल्ने निश्चित नभएकाले सम्पूर्ण विद्यालयहरु वन्द भई विद्यार्थीहरुको शिक्षण सिकाई कार्य अवरुद्ध भएको सन्दर्भमा रेडियो कार्यक्रम नगर शिक्षामाला२०७८जेठ १६ गते देखी संचालन हुने चामुण्डा विन्द्रासैनी नगरपालिका ,शिक्षा यूवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत्त दिलिप कुमार सोनीले भिजन न्युज नेपाललाई जानकारी दिएकाछन ।
विद्यार्थीहरुको शिक्षण सिकाई कार्यलाई सहजीकरण गर्नका लागी संचालन गर्नका लागी चामुण्डा विन्द्रासैनी नगरपालिका तथा सेभ द चिल्ड्रेन,एभ्रेष्ट क्लबको सहकार्यमा हाम्रो समावेशी एफ.एम.९८.३ मेघाहर्ज मार्फत कक्षा ६–१० सम्मका अंङ्ग्रेजी,नेपाली,गणित,विज्ञान,स्वास्थ्य,जनसंख्या तथा वातावरण विषयहरु लगायत जीवन उपयोगी सिप र अभिभावक शिक्षामालासंग सम्बन्धित रेडियो कार्यक्रम नगर शिक्षामाला “शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७”अनुसार कार्यक्रम संचालन हुदैछ ।
रेडियो कार्यक्रम नगर शिक्षामाला मार्फत विद्यार्थी भाईवहिनीहरुको शिक्षण सिकाई सहजीकरण तथा पठनपाठन कार्यमा आवश्यक सहयोग सहित उचित वातावरण मिल्नेछ र विद्यार्थी भाईवहिनीहरुले उक्त कार्यक्रमबाट सिकाई निरन्तरताको लाभ लिनेछन् शिक्षा अधिकृत्त सोनीले जानकारी दिए।
