धादिङ्गको नेत्रावतीमा स्थानिय विभिन्न व्याक्तीहरुको आर्थिक सहयोगमा मार्फत स्वास्थ्य चौकी तथा स्थानियलाई स्वाथ्य सामग्री वितरण

देवकी पौडेल
धादिङ्ग :धादिङ्गको नेत्रावती डबजोङ्ग गाउँपालिका साबिक मार्पाक गाँ.बि.स.वडा नं.१ र २ का करिब २०० घरधुरीलाई काठमाडौं लगायत देश तथा विदेशमा छरिएर रहेका स्थानीय कर्मचारी तथा विभिन्न व्याक्तीहरुको आर्थिक सहयोगमा संकलन भएको स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको छ।

उक्त स्वास्थ्य चौकि, नेत्रावती डबजोङ्ग,धादिङ्गलाई अक्सिजन सिलिण्डर २ वटा, अक्सिजन रेगुलेटर २ वटा, निबुलाईजर २ वटा, पल्स अक्सिमिटर २ वटा ईन्फ्यारेड थर्मल गन १ वटा,लगायत केही मास्क तथा स्यानिटाईजर साथै केही अति आवश्यक औषधीहरु समेत हस्तान्तरण गरिएको छ ।

बढ्दो कोरोना संक्रमणबाट बच्ने तथा कोरोना बिरुद्ध सावधानी अपनाउने कुरालाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सामग्री विभिन्न व्याक्तीहरुको सहयोगमा संकलन गरेर हस्तान्त्रण गरिएको मार्पाक सामुदायिक क्लबका बरिष्ठ उपाध्यक्ष शिव कार्कीले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।

उक्त हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकिका निमित्त ईन्चार्ज तुलसी गुरुङ्ग लगायतका कर्मचारीहरु, साबिक मार्पाक वडा नं.२ का टोल सुधार समिति अध्यक्ष नेत्र बहनदुर अधिकारी साथै क्लवको तर्फबाट अदिप अधिकारी, काजिराम अधिकारी र रण बहादुर गरुङ्ग समेतको उपस्थिति रहेको थियो ।

साथै स्थानिय बासिन्दाहरु लाई मास्क, स्यानिटाईजर, हात धुने साबुन लगायत आबश्यक औषधीहरु बितरण कार्यक्रममा भने मार्पाकका बुद्दीजिबी तथा नेता डोल बहादुर अधिकारी, प्रहरी चौकि मार्पाकका ईन्चार्ज चित्र बहादुर मिजार साथै मार्पाक सामुदायिक क्लबका बरिष्ठ उपाध्यक्ष शिव कार्की तथा उपाध्यक्ष ई.अमृत अधिकारीको समेत उपस्थिती थियो ।
यस कार्यक्रममा हस्तान्तरण गरिएको २ थान अक्सिजन सिलिण्डर मार्पाक सामुदायिक क्लबको तर्फबाट उपलब्ध गराईएको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी गराएका छन ।