
सिन्धुलीमा कलाघर
नेपाल कला संस्कृतिको धनी देश हो । यो हामीले सानै उमेरदेखि सुन्दै आएको कुरा हो, र यो सत्य पनि हो ।
बिभिन्न जात–जातिका भिन्न–भिन्न भाषा र संस्कृतिहरु छन् । तिनीहरुको आफ्नै मौलिक परम्परा र संस्कारहरु छन् । कला संस्कृतिको यति धेरै आयामहरू भएको देशको सरकार भने कलाको कुनै पनि विधालाई खासै महत्वको साथ् हेर्दैन । तिनिहरुको संरक्षण र संवद्र्धनमा सरकारको सक्रियता न्यून भएकै कारण हामीले हाम्रो कला संस्कृतिलाइ आफ्नो महत्वको विषयभन्दा पर राखेको अनुभूति पछिल्लो समय हुँदै गइ रहेको छ । कला संस्कृतिले सिंगो देशको पहिचान र मौलिकता बचाउन ठूलो भूमिका खेल्छ । जसले हाम्रो आफ्नो मौलिकता र पृथकता बचाएर सिंगो देश बचाउँछ त्यस्तो महत्वपूर्ण बिषयलाई सरकारले नजरअन्दाज गरेपछि पछिल्लो समय आफ्नो संस्कृति आफै बचाउन पर्छ भन्ने हेतुका साथ देशका बिभिन्न ठाउँहरुमा कला संस्कृति संरक्षणको निम्ति व्यक्ति तथा संस्थाहरु लागि परेका छन् । यसरी नै हाम्रो देशको कला संस्कृतिको संरक्षण र संबर्दनको निम्ति लागि परिरहेको एउटा संस्था हो, सिन्धुली कला घर । जहा केही युवाहरु आफ्नो व्यक्तिगत जीवन छाडेर देशको समग्र कला संस्कृतिको प्रतिनिधित्व गर्ने एउटा कला सङ्ग्रहालय निर्माणमा लागि परेका छन् । आजको शनिवार बिशेषमा हामीले उही कला घरको पेरिफेरिमा रहेर एउटा रिपोर्ट तयार पारेका छौँ ।
नेपाली कला जगत्मा अदम्य प्रयासका साथ, अतुलनीय योगदान पु¥याउने हेतुले मिति २०७६ असार महिनामा बाग्मती प्रदेशको सिन्धुली जिल्ला, कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुली कला घरको नाममा एक सामाजिक संस्था स्थापना भयो । योभन्दा पहिले प्रगतिशील प्रतिभा केन्दको नामले परिचालित यस संस्था आधिकारिक रुपमा २०७६मा दर्ता भइ सिन्धुली कला घरका नामले सञ्चालनमा आएको हो । जसले नेपालको लोपोन्मुख कला संस्कृतिलाइ संरक्षण र प्रबर्धन गर्ने, समग्र कला क्षेत्रको प्रत्याभूति एकै छानामुनि आभाष दिलाउने र राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गर्र्ने लक्ष्य लिएको छ । यस संस्था, नेपाली मौलिक संस्कृति र परम्परालाइ जगेर्ना गर्ने सोच लिइ साङ्ग्रहालय, चित्रकला सङ्ग्रहालय, फोटो घर, रोधी घर आदि र अन्य संरक्षणका धरोहरहरु निर्माण गर्ने जस्तो थुप्रो कार्य योजना सहित अघि बढेको छ । स्थापना कालक्रमले दुइ वर्ष भइसक्दा देशका समग्र लोपोन्मुख र प्रतिनिधिमूलक कला संस्कृतिको खोजी, संकलन एवम् कलाकृतिहरुको निर्माण, प्रचारप्रसारका लागि जनचेतनामूलक कार्यक्रमहरुमा सहभागिता गर्ने कार्य गर्र्र्र्दै आएको छ ।
नेपाली परम्परा र मूल्यमान्यता लोप हुँदै गइ राखेको समयमा हाम्रा पुराना र मौलिक कला सँस्कृतिहरुलाइ जगेर्ना गरिराख्न अनि विश्व बजारीकरण गर्ने ध्येय लिएर सुमन थापा मगर (चित्रबहादुर थापा मगर) र उनका अन्य ११ जनाको कार्यकारी सदस्यहरुको सामूहिक प्रयासमा यो समूहको स्थापना भएको हो । लोपोन्मुखतातिर अगाडि बढ्दै गरेको परिप्रेच्छमा पुर्खाहरुले जेजस्तो कलासँस्कृतिहरु जोगाइ राखेका छन् । तिनै कला, सँस्कृति, परम्पराहरुलाइ जगेर्ना गर्ने र सम्वद्र्धन गर्ने सोचले स्थापना भएको सिन्धुली कला घरले आउँदा पुस्ताहरुलाइ नेपाली कलासँस्कृतिबारे अवगत गराइराख्ने सोच लिएको छ ।
लोपोन्मुख दोहोरी, खैँजडी, रोधी र नेपाली सँस्कृतिका यावत जातजतिका वाद्यवादनहरु, संस्कारहरु, भेषभूषा आदि समेट्ने गरी यस सिन्धुली कला घरले रोधी घर, वाद्यवादन सङ्ग्रहालय आदिको व्यवस्थापन गर्ने सोच लिएको छ । त्यसै कामलाइ सार्थक पार्दै समूहले विभिन्न जातजातिका बाजाहरुको सङ्कलन गरेको छ । तिनै बाजाहलाइ सङ्ग्रह गर्न एक वाद्य घर निर्माण हुँदै गरेको छ । जहाँ दुइ सयवटा लोक बाजाहरु सङ्ग्रह गर्ने काममा केही मात्रामा सङ्कलन गरिसकिएको छ । यसका साथै विभिन्न रुखका जराहरुबाट अर्मूत कलाकृतिहरु दुइ सयवटा निर्माण गरिएको छ । साथसाथै नेपालको विभिन्न जातजातिको पहिचान हुने गरी ४५ वटा चित्रकलाहरु निर्माण सम्पन्न गरिएको छ । जहाँ विभिन्न जातजातिको पहिचान र परम्परा पनि देखिने गरी चित्र कोरिएको छ ।
आधुनिकताले गाँज्न थालेको कलासंस्कृतिमा मौलिकता यथावत् राख्ने प्रयास गर्न स्थापनारत यस संस्थाले अनेकानेक उद्देश्यहरु लिएका छन् । जसमा लोपोन्मुख कला सँस्कृति र परम्पराको संरक्षण त छँदै छ । यससँगै नेपाली सँस्कृतिको विश्व बजारीकरण पनि हो । यस संस्थाको सङ्ग्रहालय बनाउने, सम्पूर्ण कलाका पाटाहरु एकै छानामुनि समेट्ने कार्यहरु सँगसँगै अन्य एपेक्षित उपलब्धिहरु पनि रहेका छन् । जसलाइ निम्नानुसार टिपोट गर्न सकिन्छ ।
१) मौलिक लोपोन्मुख कलाहरु अवलोकन र अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास हुनेछ ।
२) चित्रकला तथा सूचनाको माध्यमबाट देशका पर्यटकीय धार्मिक सम्पदा तथा भौगोलिक विविधताको बारेमा प्रत्यक्ष जानकारी हुनेछ ।
३) परम्परागत नृत्य गायन साहित्य कलाको जानकारी तथा कला प्रदर्शनको लागि सहज वातावरण हुनेछ ।
४) जाति विशेष सँस्कृतिको प्रत्यक्ष कला सँस्कृति अवलोकनसँगै पूर्ण जानकारीको लागि मार्ग खुल्नेछ ।
५) नयाँ प्रतिबिम्बात्मक कला प्रशिक्षण अभ्यास तथा व्यावसायिक कला निमार्णमा प्रेरणा मिल्नेछ ।
६) पर्यटन प्रवद्र्धनमाको विकाससँगै कला विकासमा नवीनतम् प्रयोग तथा चासो बढ्नेछ ।
७) इतिहास कालखण्ड पहिचान सन्देश तथा जनचेतना दर्शाउने महत्वपूर्ण माध्यम कला बन्नेछ ।
८) समग्र कलाक्षेत्रको आधारभूत जानकारीको लागि साँस्कृतिक विद्यालयको रुपमा कलाघर हुनेछ ।
९) कला सिर्जनामा नयाँ पुस्ताको उदाहरणीय गन्तव्य कला घर रहनेछ ।
१०ं) कला क्षेत्र विकासमा आम जनमानसको सोचाइ सकारात्मक सद्भाव र संस्कारको अनुभूत हुनेछ ।
११) साँस्कृतिक पक्षको विकासमा थप कार्य गर्न आमसमुदायलाइ घच्घच्याउने छ ।
१२) देशका मौलिक कलाहरु विश्व बजारमा प्रचारको निम्ति टेवा पुग्ने छ ।
१३) कला सिर्जनामा थप संगठित भएर लाग्ने सबैमा प्रेरणा मिल्नेछ १४) कला क्षेत्रको विकासको प्रभावकारी रणनीति तयार गर्न सहजता प्रदान गर्नेछ ।
१५) देशका कुनाकुनामा आफ्नो क्षेत्र अनुसारको कला घर, सङ्ग्रहालय निर्माणमा चासो बढ्नेछ ।
सिन्धुली कला घरका अध्यक्ष सुमन मगरका अनुसार हाल निर्माणधीन रहेको कला घरमा निम्न कलाकृतिहरु सङ्ग्रहित गरिने र कलाकारिताको अभ्यास गरिने भवनहरु रहनेछन् ।
१) दुइ दर्जनभन्दा बढी आदिबासी जनजातिहरुको सँस्कृति, मौलिक पहिचान सहितको घरहरु रहनेछ ।
२) ऐतिहासिक, धार्मिक तथा भौगोलिक पर्यटकीय स्थलहरुको दुइ सयभन्दा बढी क्यानभास चित्रहरु रहनेछन् ।
३) नेपाली लोपोन्मुख मौलिक लोक बाजाहरुको अवलोकन तथा अध्ययनको लागि बाजा घर हुनेछ ।
४) नेपाली मौलिक लोक तथा दोहोरी भाकाहरुको बारेमा जानकारी तथा गाउनको लागि रोधी घर हुनेछ ।
५) विभिन्न जाति विशेष मौलिक झाँकी नृत्यहरु अवलोकन तथा अध्ययनको लागि नाच घर हुनेछ ।
६) नेपाली साहित्यिक श्रष्टाहरुको र्सिजना अवलोकन तथा अध्ययनको लागि पुस्तकालय घर हुनेछ ।
७) काठ, जरा, बाँस तथ ढुङ्गाबाट बनेका प्रतिबिम्बात्मक आकर्षक दुइ सयभन्दा बढी कलाकृतिहरु रहनेछन् ।
८) नेपालका प्रमुख पर्यटकीय महत्वपूूर्ण धार्मिक स्थलहरुको कलात्मक नमूना मूर्ति स्तम्भहरु रहनेछ ।
९) राष्ट्रको निम्ति योगदान दिने राष्ट्रिय विभूति सहिदहरु तथा अन्य महापुरुषहरुको सालिक रहनेछ ।
१०) कला, सिर्जनात्मक क्षेत्रमा अतुलनीय योगदान गर्नुहुने स्वर्गीय स्रष्टा सर्जकहरुको सालिक रहनेछ ।
११) नेपाली मौलिक कला, सँस्कृति विशेष सूचना जानकारी तथा अवलोकनको लागि वृत्तचित्र घर रहनेछ ।
१२) नेपालमा पाइने अमूल्य जडीबुटी तथा वनस्पतिको अवलोकनको लागि जडीबुटी घर हुनेछ ।
१३) नेपालमा पाइने दुर्लभ जीवजन्तुहरुको जानकारी तथा जनावरहरुको आकर्षक मूर्तिकलाह .रु रहनेछ ।
१४) परम्परागत घरेलु कृषि सामग्रीहरुको संरक्षण प्रदर्शनको घरेलु कृषि सामग्रीहरुको घर रहनेछ ।
१५) देशका भू–भाग अनुसार गरिने कृषि कार्यहरुको पहिचान झल्कने घरेलु कृषि कार्यहरुको पहिचान झल्किने कलात्मक मूर्तिकलाहरु रहनेछ ।
१६) कलात्मक सगरमाथा सहितको राष्ट्रिय झण्डा र गोर्खालीको पहिचान ठूलो खुकुरी हुनेछ ।
१७) सिन्धुलीको पहिचान नेपालको मौलिक फल जुनार, राष्ट्रिय फूल लाली गुराँसको बगैँचा रहनेछ ।
१८) वीर नेपालीहरुले अङ्ग्रेजीहरुलाइ परास्त गरेको स्थान सिन्धुलीगढीको नमूना रहनेछ ।
१९) नेपालको नक्शांकन गरिएको कला घरको पर्खालमा देशको सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्ने ज्ञानवर्दक सचेतनामूलक चार सयभन्दा बढी कलात्मक चित्रहरु कोरिनेछ ।
२०ं) नेपाली कला सँस्कृटि सम्बन्धी प्रशिक्षण, शैक्षिक भ्रमण तथा अध्ययन अध्यापनको लागि पाठशाला घर हुनेछ ।
२१) सर्जक स्वर्गीय कृष्णविक्रम थापाको सालिक रहनेछ ।
२२) नेपाली परम्परागत मौलिक खेलहरुको अवलोकन अध्ययन तथा प्रशिक्षणको लागि खेल मैदान हुनेछ ।
२३) देशका पर्यटकीय तथा महत्वपूर्ण कला सँस्कृतिक स्थानहरुको अवलोकनको लागि सूचना घर रहनेछ ।
२४) कोसेली भर सहित विभिन्न कार्यक्रमाको प्रदर्शन तथा नाटक मञ्चनको लागि नाटक घर रहनेछ ।
२५) कला घर निर्माणमा सहयोग गर्नुहुने सहयोगी दाताहरुको सम्मानार्थ तस्बिर सहितको अभिलेख घर हुनेछ ।
सिन्धुली कला घर स्थापना सोचको बिजारोपण भइराख्दा समूहले चित्रबहादुरको एकल संयोजकत्वमा प्रगतिशील प्रतिभा केन्द्रबाट कला संस्कृति प्रस्तुत गथ्र्याे । जूनबेला निश्चत भूगोलको कलाकार भनेर चिनिएको र पछि सिन्धुली जिल्लामै प्रस्तुतिहरु लिएर हिँड्दा सिन्धुलीका कलाकार भन्ने परिचय प्राप्त भएको थियो । जसलाइ विस्तृत रुप दिन सिन्धुली कला घरको कदम चालिएको हो । हाल त्यही सोचलाइ मूर्त रुप दिन सदस्यहरु योजना पुरा नभइन्जेलसम्म एकै भएर, एकै ठाउँमा रहेर, कोही आफ्नो व्यक्तिगत जीवन नबाँचिकन सामूहिक कार्यमा अघि बढिरहेका छन् । आँकलित एक वर्षको बिचमा कोरोना देखा परेता पनि उक्त जोखिमलाइ झन् काम गर्ने मौकाको रुपमा लिएर निरन्तर काम गर्दै अगाडि बढेका छन् । अबको तीन वर्षसम्ममा सङ्ग्रहालय पूर्ण रुपमा तयार हुने आङ्कलन गरिएको छ । त्यति बेलासम्म समूहमा खाए सबैले मिठो÷नमिठो खाने, नखाए कसैले पनि नखाइकन एकचित्त भएर काम गर्ने प्रवृक्ति विकास भएको छ ।
समूहमा २० जना कलाकारहरुको उपस्थिति रहेको छ । सिन्धुली जिल्लाकै विभिन्न गाउँपालिकाका युवा÷युवतीहरुले आफ्नो घरबाट केही पैसा नलिइ आएर हालसम्म महिनौँ समय सँगै काम गर्दै बिताएका छन् । आफ्नो घरपरिवारबाट टाढा रहेर केही गर्ने भन्ने सोच लिएर काम गरिराख्दा कोभिड–१९(कोरोना)ले नगण्य असर पारेको देखिन्छ । तर अध्यक्ष मगर त्यसरी सामूहिक रुपमा दैनिकी अगाडि बढाउनु पर्दा सङ्कटकालको जस्तै अनुभव रहेको बताउँछन् ।
सम्पूर्ण नेपाली कला सँस्कृतिको जगेर्ना गर्ने सपना देखेका समूहले अबको करिब दश वर्षको समयावधिपछि साँस्कृतिक विद्यालय पनि बनाउने सोच लिएका छन् । समूहले कोरोना कहरको समयमा पनि स्वास्थ्यका मापदण्ड अपनाएर निरन्तर लोकपरम्परा झल्कने कार्यक्रमहरु आयोजना गरी चलचित्र खिचेर युट्युब च्यानलमार्फत् दर्शक समक्ष ल्याइराखेका छन् ।
यत्रो राष्ट्रिय अभिभारा बोकेर अघि बढेको यस संस्थाले कुनै पनि सरकारी निकाय र राजनैतिक दलबाट कुनै किसिमको आर्थिक सहायता प्राप्त गरेको छैन । व्यक्तिगत र वैदेशिक सहयोगहरु जुटाएर नै हालसम्म कला घरले आफना कार्यहरु सञ्चालन गरिराखेको छ । भर्खरै मात्र सम्पन्न गरिएको सुनकोशी मरिन डाइभर्सनको ठूलो राष्ट्रिय आयोजनाको श्रीगणेशमा कार्यक्रम गर्न पाएको कला घर समूहले प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट डेढ लाख रुपैयाँ हात पारेका थिए । जून नितान्त व्यक्तिगत मनखुशीले प्रदान गरिएको रकम थियो । सन्धुलीमा भइपर्ने हरेक कार्यक्रमहरुमा, महोत्सवहरुमा पहिलो विकल्पको रुपमा स्थापित कला घर समूहले अतिथिको स्वागतदेखि समापनसम्म सम्पूर्ण कार्यहरु हृदयदेखि गर्ने गरेको छ । तर कतैबाट पनि कला घरलाइ सहयोगको लागि भनेर केही आर्थिक सहयोग जुटेको छैन । स्थानीय सरकार र गाउँ पालिकाबाट पनि कुनै किसिमको आर्थिक सहयोग प्राप्त गरेको छैन तर सिन्धुली कला घर कसैको अघि नझुकी, पैसाको आशा नराखी कलाकर्ममा लागिराखेको छ । स्थानीय सरकार र गाउँपालिकासँग बारम्बार भेट भइराख्दा पनि वास्ता नहुँदा कुनै सहयोगको अपेक्षा नरहेको अनि कतै सँधै देखिरहने भएर पो बेवास्ता गरेको हो कि भनेर शंका पोख्छन् संयोजक मगर ।
राष्ट्रिय स्तरको संरक्षण र सम्बद्र्धनको कार्यमा लागेको समूहले कतैबाट केही आशा नराखेता पनि पछि राष्ट्रिय स्तरलाइ हस्तान्तरण गर्न तयार रहेको देखिन्छ । सिन्धुली कला घर समूहले कला जर्गेना गर्ने क्रममा आफूलाइ संरक्षण र सम्बद्र्धन गर्ने काममा यथावत् राख्ने विचार गरेको छ तर राष्ट्रिय स्तरबाट यस कार्यलाइ अँगालियोस् भन्ने अपेक्षा राखेको छ ।
ऐतिहासिक सिन्धुलीगढीबाट नजिकै निमार्ण गर्न लागिएको लक्षित कला सङ्ग्रहालय निर्माण गर्न तीन रोपनी क्षेत्रफलको जग्गा संस्थाले नै खरिद गरेको छ र अन्य दुइ रोपनी जग्गा सामुदायिक वन तथा गाऊँ भेलाबाट पारित गरिएको छ । तर हाललाइ भने सङ्ग्रहालय, प्रयोगमा नआएको विद्यालयको स्वरुपमा स्थापित छ । जहाँ करिब सोह्र लाखका कलाकृतिहरु सङ्कलन गरेर राखिएको छ । सिन्धुली कला घरको लागि अनुमानित तीन करोड पचास लाखको भौतिक संरचना निर्माण र तीन करोड पचास लाखको कला निमार्ण गरी अनुमानित सात करोडको लागतको योजना तयार पारिएको छ ।
नेपाली संस्कृति र परम्पराको जगेर्नाका लागि स्थापना भएको यस समूहले भौतिक उपस्थितिको कार्यक्रमहरु मात्र आयोजना नगरी अन्य चलचित्रात्मक प्रस्तुतिहरु पनि तयार पारिराखेका छन् । जसमा नेपाली मौलिक परम्परा र सँस्कृति झल्किने विभिन्न प्रस्तुतिहरु देखाइन्छ । हरेक आइतबार नौमती पञ्चे बाजा, सोमबार दोहोरी कार्यक्रम, मङ्गलबार मुक्तक मुक्का, बुधबार हाम्रो प्रतिभा, बिहीबार खैँजडी भजन, शुक्रबरि दोहोरी कार्यक्रम,शनिबार हाम्रो सँस्कृति कार्यक्रम प्रस्तुत गर्ने गरिएको छ । यहाँ जनजाति मगर समुदायको विशेष प्रयोगमा आउने खैँजडीलाइ लिएर खैँजडी भजन नामक कार्यक्रम युट्युब च्यानलमा अपलोड गर्ने गरिन्छ । जुन कला घरको आफ्नै पेजबाट अपलोड हुन्छ । यससँगै आधुनिकताले गाँजेको दोहोरीलाइ मौलिक स्वरुपमा पस्किने जमर्कोमा अभिनयात्मक शैलीले दोहोरी कार्यक्रम पनि युट्युब च्यानलमा अपलोड गरिन्छ ।
यस सिन्धुली कला घरको निर्माणानिम्ति खडा गरिएको कार्यकारी समितिमा निम्नानुसारको पदभार सम्हालेका सहभागीहरुको समावेशिता रहेको पाइन्छ ।
अध्यक्ष चित्र बहादुर थापा मगर
उपाध्यक्ष पवित्रा रम्तेल
सचिव रिता थिङ्ग
सह–सचिव पदम बहादुर सार्की
कोषाध्यक्ष सिद्ध बहादुर वि.क
सदस्य लासह
सदस्य निरुता लामा
सदस्य बन्दना दनुवार
सदस्य आरती पिहाडी
सदस्य मानकुमार विश्वकर्मा
सदस्य सुष्मा हायु
हालसम्म आफ्नो लगनशिलता र दृढ सङ्कल्पमा लागेर निरन्तर लागेको सिन्धुली कला घर, सहयोगी हातहरुको खोजीमा लागि परिराखेको छ । देश विदेशका सहयोगी मनहरुले निम्न बैङ्कको अकाउण्ट नम्बरमा रकम जम्मा गरिदिइ राख्नु भएको छ । तपाइँलाइ पनि सहयोग गर्न मन छ भने तलको खाता नम्बरमा रकम जम्मा गर्न सक्नु हुन्छ र सिन्धुली कला घरको बारेमा थप जानकारी चाहिएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।
खाता नम्बरः १०६००१५५८४०१
सम्पर्क नम्बरः ९८६४७५९७८
