
आफ्नै गर्धनमा रेट्यो धार जिन्दगीले।
हेरौँ के पाउनेछ उपहार जिन्दगीले।१
हरपल पीर जलन मात्र भित्रियो जीवनमा,
लाग्दैछ थुन्यो कि खुशीको द्वार जिन्दगीले।२
घायल मन छ प्रतिक्षामा उसको आएन,
ऊ आएमा पाउँछ उपचार जिन्दगीले।३
विपरीत दिशा गरे समय र रहरले यात्रा,
भन्यो तँलाई ए मन गद्दार जिन्दगीले।४
आगो निकाल्न सक्ने हिम्मत बढेछ मनमा,
सायद निल्नेछ शीघ्र अङ्गार जिन्दगीले।५
बहर : मात्रीक मीर २४ मात्रा
