सोलुखुम्बुको नेचासल्यानमा कोरोनाको पछिल्लो अबस्था

बिकाश बस्तोला
सोलुखुम्बु :देश भरनै कोरोना सङ्क्रमण बढिरहँदा सोलुखुम्बुको दक्षिणी भेगमा अवस्थित नेचा सल्यान गाउँपालिकाले पनि पर्याप्त मापदण्ड पुरा गर्दा गर्दै पनि त्यसबाट टाढा हुन सकेन ।फलस्वरुप गाउँपालिका भित्र अहिले सम्म महिला ७६ र पुरुष ११५ गरि जम्मा १९१ जना मा गरिएको एन्टिजेन परिक्षणमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ , जसमध्ये वडा नम्बर १ मा ७ महिला र ६ पुरुष गरि १३ जना, वडा नम्बर २ मा १० महिला र १८पुरुष गरि २८ जना , वडा नम्बर ३ मा १ महिला र १०पुरुष गरि ११ जना, वडा नम्बर ४ मा २महिला र २ पुरुष गरि ४ जना र वडा नम्बर ५ मा ३ महिला र ६ पुरुष मा ९ जनामा संक्रमण पुष्ठि भएको स्वास्थ्य संयोजक युबराज शर्मा ले बताएका छन ।

हाल सम्म १ जना मात्र संक्रमित संक्रमण मुक्त भएका छन ।सामन्यतया पालिका भित्र स्वास्थकर्मि तथा जनप्रतिनिधि सहितको टोलि घर घर तथा बिभिन्न टोलमा पुगेर बिरामि हरुको स्वास्थ अबस्था, पौस्टिक आहार तथा मनोबल बडाउने उचित परामर्श समेत प्रबाह भएरहेको छ ।
तर गाउमा अझै पनि कतिपय मानिसहरू सामान्य रुखाखोकि (जो प्रमाणित नहुदा सम्म कोरोना हुन) हुदा आइसोलनमा नबस्ने गरेको पाइएकोले सामान्य रुखाखोकि र कोरानाका केहि मिल्दाजुल्दा लक्षणहरु हुदा गाउँपालिका लाई खबर गरेर टेस्ट गर्ने र स्वास्थ मापदण्ड पालना गर्ने हो भने यो नियन्त्रणमा आउने कुरा मा दुइमत छैन ।
हामि सम्पुर्ण यसरि अगाडि बढ्दा स्वाथ्य तथा कोरोना मुक्त गाउँपालिका बनाउनमा टेवा पुग्ने देखिन्छ ।