धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय

देवकी पौडेल

धादिङः धादिङमा शुक्रबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले  जेठ २२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णाय गरेको छ ।जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय बैठकले गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।

बैठकले निषेधाज्ञा अवधीभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाउने लगाएतका बिभिन्न निर्णय गरेको छ ।

सरकारको निर्णयानुसार कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई कोभिड–१९ को प्रतिकार्य अधिकारी मुकरर गरिएको र अध्यादेशमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको छ ।सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ। दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ ।

यस अनुसारका सवारी साधन सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिनेछ । त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । कसैले उक्त अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने, अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने जनाईएको छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोषाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने बैठकलले निर्णय गरेको छ ।

यस्तै जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने, बागमती प्रदेश सरकार मार्फत स्वास्थ्य कार्यालयमा उपलव्ध ४ हजार एन्टिजिन किट आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई वितरण गर्ने र थप किट ल्याउन पहल गर्ने समेत निर्णय गरेको छ ।

निषेधाज्ञामा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसलहरु सकिने बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खुल्नेछन् । टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी बाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

भिडभाड गरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

यस्ता छन्,बैठकका निर्णयहरु :