‘मेरै नेतृत्वमा सबै दल सम्मिलित चुनावी सरकार बनाऔँ’

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गरेका हुन ।

ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उनले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनाव तोकेकी छन। यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यसबारेको बहस संवैधानिक इजलासमार्फत सुरु भएको छ