जनताको उद्धार खटिए कांग्रेस नेता प्रमोद पोख्रेल

प्युठान :देशमा यतिबेला कोरोनाको दोस्रो लहरको महामारीको कारण निषेधाज्ञ छ । विभिन्न जिल्लामा कोरोनाको संक्रमण फैलिएकको छ । त्यस्तै कोरोनाबाट अछुत रहन नसकेको जिल्ला प्युठान पनि हो ।

प्युठानमा पनि यतिबेला लकडाउन छ । कोरोनाको संक्रमण र लकडाउनको समयमा देशका विभिन्न क्षेत्र र विदेशबाट स्वदेश फर्किने जनता अलपत्र छन ।तर सर्वहारा वर्गको सरकार मानिने प्युठानको झिमरुक गाउँपालिकाको सरकार मौन छ । पालिकामा डाक्टर भएपनी प्रयाप्त मात्रामा स्रोत साधन जुटाउन सकेको छैन ।

तर यस्तो संकटको घडिमा झिमरुक गाउँपालिकाका नेपाली कांग्रेस प्युठान जिल्ला महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेल बिच बाटोमा अलपत्र परेका नागरिकको उद्धारमा आफ्नो ज्यान जोखिममा राखेर लागि परेकाछन ।

पोख्रेलले लकडाउनको समयमा देशका विभिन्न शहर र विदेश बाट घर फर्कदा बिच बाटोमा अलपत्र परेका नागरिकको उद्धारमा दिनरात खटिरहेकाछन । पोख्रेलले गत वर्षको लकडाउनमा पनि अलपत्र परेका धेरै नागरिकको उद्धार गरेका थिए ।