
तिम्लाई खुसि हुने कुनै मौका परेन,
आज मेरा पाईतालामा काँडा परेन!!
यो कस्तो अँशबण्डा गर्यो नियतिले,
ऎना मेरो भागमा पर्यो आँखा परेन!!
पात लाछिएको बद्ला यसरी लियो,
दाँत खसेकै दिन मकै फुला परेन!!
सयको माला पर्यो घाटिमा मरेपछि,
बाचुन्जेल पचास को खादा परेन!!
नत्र म नि एक पल्ट खुब मुस्काउथे,
जिन्दगी लाई मृत्यु को चिठ्ठा परेन!!
सेन्टी सुन्दर
