पाल्पामा ८ वर्षीय छोरीलाई करणी गरेको आरोपमा ३१ वर्षीय पुरुष पक्राउ


पाल्पा :जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका अन्तरगतका ३१ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

आफ्नै ८ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

बुधबार छोरीलाई आफ्नै घरमा जवरजस्ती करणी गरेको जाहेरी दरखास्त प्राप्त भएपनि निजलाई पक्राउ गरिएको सूचना अधिकारी त्वातीले बताए । निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।