कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री प्राप्त

लक्ष्मी श्रेष्ठ
कपिलवस्तु :कपिलवस्तुको सादुदायिक अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोनाको दोस्रो लहर चलेका समयमा संक्रमितको संख्यामा समेत वृद्धि हुँदै जान थालेपछि अस्पतलका कर्मचारीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

२५६५ औ बुद्ध जयन्तीको अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता राजेश ज्ञवालीले अस्पताल व्यवस्थापन समितिलाई सामग्री प्रदान गनरेका हुन् । ज्ञवलीले पिपिई सेट, सर्जिकल मास्क, सेनिटाईजर लगायतका सामाग्री प्रदान गरेका हुन् ।

स्वास्थय सामग्रीप्राप्त भएसंगै दैनि रुपमा स्वास्थय सेवामा खटेका स्वास्थ्यकर्मीका लागि दैनिक उपचारमा सहज हुने अपेक्षा अस्पताललले लिएको छ ।