कोरोना संक्रमणका कारण धादिङका थप चारजनाको मृत्यु


देवकी पौडेल
धादिङ :कोरोना संक्रमणका कारण धादिङका थप चारजनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा धुनिबेशी नगरपालिकाका ९२ बर्षीय पुरुष र ४० बर्षीय महिला र गंगाजमुना गाउँपालिकाका ६८ र ४८ बर्षीय पुरुष गरि ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो । यसअघि बुधबार नीलकण्ठ नगरपालिकाका ६३ बर्षीय पुरुषको मृत्यु भएको थियो । धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धुनीबेशी नगरपालिकामा ९ जना, गजुरी र सिद्धलेकका ४र४ जना, गंगाजमुनाका ५ जना, बेनिघाट रोराङ र त्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।