
काठमाडौँ :साताको पाँचौं दिन आज सुनको मूल्य बढेको छ। आज सुन ७ सयले बढेको हो ।
आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो ।
गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९४ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।
