स्याङ्जाको भालुपहाडमा ठूला ढुङ्गासहितको पहिरो

रोमाकान्त न्यौपाने
स्याङ्जा :हिजो रातिदेखि परेको अविरल वर्षाको कारण स्याङ्जाको भालू पहाडमा बिहान ढुङ्गा सहितको पहिरो गएको छ र जानेक्रम चलिरहेको छ । बिहान पहिरो जाँदा केही समय सडक अवरुद्ध भएको थियो ।

स्काभने केही समयमै खोलेर सुचारु भएको छ । ढुङ्गा झर्ने क्रम चलिरहेको कारण सजगता अपनाउन आब्हान गरिएको छ ।

पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको भालू पहाड क्षेत्रको बाटो फराकिलो बनाउने उद्देश्यले पहाड काटेका कारण पहिरो गएको हो ।