गौरीशंकर सरक्षण क्षेत्रमा चोरी सिकारी बढ्दो दोलखाको घोरलको मासु काठमाडौंको भान्सामा

उद्बब बिश्वकर्मा
दोलखा : दोलखामा केन्द्रिय कार्यलय रहेको गौरीशंकर सरक्षण क्षेत्रमा पछिल्लो समय चोरी सिकारी बढ्दै गएको छ । दोलखा रामेछाप र सिन्धुपाल्चोकको केहि स्थानिय तहका वडाहरु सम्मीलित निर्माण भएको सो सरक्षण क्षेत्रमा चोरी सिकारी हुने र मासु बिक्री बितरण समेत हुन थालेको स्थानीयहरुको भनाइ छ।

कतिपय भिआइपिहरु समेत गाउघरमा जानेक्रमा रमाइलो गर्ने बहानामा सिकार गर्ने गरेको पाइएको छ भने सो सरक्षण क्षेत्र भित्र आफ्नो ब्यक्तिगत सुरक्षाको लागि इजाजत प्राप्त गरि राखिएको हतियार प्रयोग गरेर समेत पछिल्लो समय चोरी सिकारी हुने गरेको छ।

गौरीशंकर सरक्षण क्षेत्र ब्यबस्थापन समितिको अध्यक्षहरु किन चुपचाप छन यो बिषयमा भनेर केही ब्यबस्थापन समितिको पदाधिकारीहरुलाइ प्रश्न गर्दा गाउँ समाजको कुरा किन सरक्षण क्षेत्रसम्म पोल लगाउनु भन्ने जवाफ पाइयो भने कतिपय पदाधिकारीले मिसन ८४ वडा अध्यक्षको उम्मेदवार हुनेवाला छु अहिले देखिनै गाउ समाजका दाजुभाइलाई चिर्याउन लागियो भने त मैले चुनाबै जित्दिन नि भनेर हासिहासी जवाफ दिए भने कतिपय सरक्षण ब्यबस्थापन समितिको अध्यक्षले चोरी सिकारी भएको प्रति आफू चिन्तित रहेको र थाहा पाएपनी थाहा नपाए जसरी बस्नुपरेको बताउछन आफू एक्लैले प्रयास गरेर नसकिने र अरुले साथ नदिने यस्ता कुरा सरक्षण क्षेत्रको अफिस सम्म पुर्यायो भने आफै फाल्टो भइन्छ एक सरक्षण क्षेत्र ब्यबस्थापन समितिको अध्यक्षले नाम नाम नखुलाउने सर्तमा हामिलाइ बताए।

ओराङ लामाबगर लादुक खारे मार्बु बिगु चुचुरे गुम्देल लिस्तिकोट फुल्पिङकट्टीमा अत्याधिक चोरिसिकारी हुने गरेको पाइएको छ।सिकारीकर्ताले पासो जाल र भरुवा बन्दुकको साहयताले सिकार गर्ने गरेको पाइएको छ। यसरी सिकार गरेर मारिएको बन्यजिबजन्तुको मासु स्थानीय स्तरमा अरु गाउलेहरुले थाहा पाउने र गौरीशंकर सरक्षण क्षेत्रसम्म खबर पुग्ने डरले सदरमुकामको केही होटलहरुमा बिक्री बितरण गर्ने गरेका छन ।

कालिज प्रतिगोटा १५ सय ,डाफे प्रती गोटा २हजार ,मृग प्रती केजि ६ सय ,झारल प्रती केजि १ हजार बजार भाउमा बिक्री हुने गरेको छ।दोलखाको बनको घोरलको मासु काठमाडौंको उच्च अधिकारीको भान्सा समेत बेलाबखत पाक्ने गरेको स्वयं आफै बताउछ्न ।