राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो ।

काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो ।

राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको हो ।