ब्याटिङ गर्नुअघि नै नेपाललाई ५ रन बोनस

काठमाडौं : क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ ।

जुन नेपालका लागि बोनस हो भने क्यानडाका लागि जरिवाना ।

४९ औं ओभरको अन्तिम बलमा क्यानडाका ब्याटर पिचको मध्यभागमा कुदेपछि क्यानडालाई पाँच रन पेनाल्टी गरिएको हो ।

अम्पायरले क्यानडाका खेलाडीलाई पहिला चेतावनी दिएका थिए । तर त्यसलाई अटेरी गरेपछि नेपालको खातामा सुरुमै ५ रन जोडिएको हो ।