सोलुखुम्बुको ‘केदार माध्यमिक बिधालयको’ ६३ औं बार्षिक उत्सब सम्पन्न

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वार्ड नं ४मा रहेको श्री केदारमाध्यमिक बिधालयको ६३ औं बार्षिकोत्सब तथा २६ औं अभिभावक दिबस सम्पन्न भएको छ।

जिल्ला भित्रकै एकमात्र प्राबिधिक धार (इन्जीनियरिङ्ग) बिषयको अध्ययन अध्यापन हुने उक्त बिधालयको आज एक समारोहका बिच बार्षिकोत्सब तथा अभिभावक दिबस मनाईएको हो ।

सोलुखुम्बु जिल्ला समन्वय समितिका प्रमुख श्री कृक्ष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेमराज कटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक श्री लेखनाथ कटेलले बिधालयको शैक्षिक तथा प्रगति प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेचा सल्यान गाउँपालिका उपप्रमुख बिना राईले आजको शिक्षा प्रबिधीमैत्री, ब्यबसायीक र सिपमुलकयुक्त बनाउन सके रोजगारका अबसरबाट बन्चीत हुन नपर्ने बताईन् ।

कार्यक्रमा नेचासल्यान गाउपालिका प्रमुख धनजन राईले युगको माग अनुसारको शिक्षा प्रदान गर्न शिक्षकका आचरण र ब्यबहारमा सुधार गर्नु पर्ने साथै स्थानीय पाठ्यक्रम निर्माणको चरणमा रहेको र नैतिक शिक्षालाई बिशेष जोड दिएर गाउँको आबश्यकतालाई मध्यनजर गरि शैक्षिक गतिबिधी संचालन गर्न शिक्षक , अभिभावक र बिधार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख कृष्ण प्रसाद निरौलाले शिक्षालाई रोजगार र उत्पादन संग जोडेर संगसंगै लैजान जिल्लाका सबै स्थानिय तहहरुसंग समन्वय गरेर अगाडी बढिरहेको बताउदै, शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाउँन स्थानीय तहले शिक्षा ऐन निर्माणमा एकरुपता ल्याउनु पर्ने बताए।

नेचासल्यान गाउपालिकाको सबैभन्दा पुरानो बिधालयको रुपमा रहेको केदार माध्यमिक बिधालयले शैक्षिक गुणस्तर कायम गर्न ३६ महिनामा ३६ लाख जम्मा गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिरहेको छ । जस अन्तर्गत पाँच महिनामा हालसम्म २३ लाख ३६ हजार रकम प्राप्त भएको बिधालयले जनाएको छ ।

कार्यक्रममा बिधालयमा संचालीत बिभिन्न अक्षयकोषबाट प्राप्त रकमबाट छनोटमा परेका बिधार्थीहरुलाइ पुरस्कृत गर्नुका साथै एक शैक्षिक सत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकहरुलाई समेत सम्मानीत गरेको छ ।

कार्यक्रममा नेचासल्यान गाउपालिका शिक्षा शाखा प्रमुख माधबमणी ढुंगाना, प्रमुख प्रसासकिय अधिकृत युबराज पोखरेल स्थानीय राजनितीक दलका प्रतिनीधी , निर्बाचित जनप्रतिनिधीहरुले समेत शुभकामना ब्यक्त गरेका थिए।