समाजसेवि ज्ञानि देवि शर्माद्वारा अपांगता भएका विद्यार्थीहरुलाई ब्याग वितरण

नारायण लिङखा देवान

ललितपुर : ललितपुर स्थित नमुना मछिन्द्र माध्यामिक विद्यालय लगनखेलका दृष्टी विहिन र शारिरिक अपांगता भएका छात्र तथा छात्रालाई स्कुल ब्याग वितरण गरिएको छ ।

समाजसेवी केदार कर्किको समवन्यमा सो कार्यक्रम सम्पन्न भएको हो । सो स्कुले ब्याग वितरणका अर्पनकर्ता ( दाता ) समाजसेवि ज्ञानि देवि शर्मा (मिसन नेपालका भुपु उच्च पदस्थ कर्मचारी) साथै समाजसेवि स्मृती शर्माले गरेकी हुन्।

सो स्कुले ब्याग वितरण कार्यक्रममा ३९ जना दृष्टीविहिन विद्यार्थीहरु तथा १४ जना शारिरिक अपांगता भएका विद्यार्थीहरु गरी ५३ जना विद्यार्थीहरूलाई ब्याग वितरण गरिएको हो ।

सो कार्यक्रममा पत्रकार सुधाकर ढुगांना, समाजसेवी श्याम बाबु केसी, निर्मला कार्की, मानभवन टोल सुधार समितिका अध्यक्ष तथा नेपाली कांग्रेस ललितपुरका सकृय नेत्री मोदिति के.सि, सुभ्रदा पराजुली तथा अन्य बौदीक ब्यतित्वहरुको उपस्थिति रहेको थियो।

आगामी दिनहरुमा समाज सेवी तथा धार्मिक व्यक्तित्व केदार कार्किले बेल लिपी लेखाई पढाई हुने पुस्तीका वितरण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।