
नारायण रिजाल
बर्दिया :बर्दिया जिल्लाको मधुवन नगरपालिकाको औराही सामुदायिक वनमा बाख्रा चराउन गएका एक ब्यक्तिलाई बाघले आक्रमण गरेको छ । उक्त बाघ को आक्रमणबाट मधुवन नगरपालिका १ का इन्द्रपुरका स्थानीय लाल बहादुर चौधरी घाइते भएका छन ।
बाख्रा चराउन गएका चौधरीलाई बाघले एक्कासि आक्रमण गरि गम्भीर घाइते बनाएको र अहिले घाइते चौधरीको गुलरियास्थित बर्दिया जिल्ला अस्पतालमा उपचार भैरहेको मधुवन नगरपालिका वाड न १ का अध्यक्ष परसुराम चौधरी ले जानकारी दिए ।
