सुरेन्द्र बसेलको निर्देशनमा ‘ सानु तिमिलाई ’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट
काठमाडौं : सुरेन्द्र बसेलको निर्देशनमा बनेको ‘ सानु तिमिलाई ’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक भुवन थापा मगरको आवाज रहेको छ । उक्त गीतमा डि पि खनाल र शंकर थापा ( स्माइल ) को शब्द तथा संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा न्यु सागर लामा, बबिता पोख्रेल र आशिष भुजेलको अभिनय रहेको छ । विगत लामो समयदेखि कलाकारितामा सक्रिय भूमिका निभाउँदै नव प्रतिभामा न्यु सागार लामा आशा लाग्दो कलाकार हुन । नृत्यदेखि कलाकरितामा आउदा निकै संघर्ष रहेको लामाले बताए ।

त्यस्तै, उक्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन र राकेश दाहालको सम्पादन / कलर रहेको छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन, भने रेकर्डिस्टमा कुमार के.सी. रहेका छन । उक्त गीतको मिक्स / मास्टरिङमा अशोक महर्जन रहेका छन ।

भिडियोमा श्रृङ्गार पूर्व लामाले गरेका छन, भने कोरियोग्राफीमा रोहित बसेल रहेका छन । भिडियोमा मिडिया सपोटको रुपमा जन अपडेट रहेको छ ।