यथार्थ नाटक गर्न मन पराउँथेँ : रङ्गकर्मी वीरेन्द्र हमाल

 

धादिङको गजुरी मेरो पुख्र्यौली थलो हो । तर, म नेपालगञ्जमा बालापन बिताएँ । इन्डियामा केही पढाइ गरेँ अनि काठमाडौलार्ई आफ्नो कर्म थलो बनाएँ ।

मेरो घरपरिवार सबै रङ्गमञ्चमा आाधारित थियो । मेरो बुबा सङ्गीत र नाटकमा मध्यपश्चिमाञ्चल क्षेत्रमा चर्चित हुनुहुन्थ्यो । कोरियोग्राफी, नृत्य तथा गीतकारको रूपमा पनि त्यो क्षेत्रमा उहाँ सम्मानित हुनुहुन्छ । उहाँले विभिन्न विधामा थुप्रै पुरस्कारहरू पनि पाउनुभयो । मेरा मामा, जिजुबुबा सङ्गीतसाधक हुनुहुन्छ । उहाँहरूले सितार बजाउनुहुन्छ । मेरी आमा पनि कुशल नृत्याङ्गना हुनुहुन्छ । सानीआमा कल्पनासिङ थारू र सुष्मा अभिनेत्री हुनुहुन्छ ।

मंगलप्रसाद व्यवसायिक माविमा मैले प्रारम्भिक पढाइ सुरू गरेँ । म सानैदेखि डान्स गर्थेँ । मलाई पढाइमा भन्दा यस्तै कलामा रुचि हुन्थ्यो । मैले गृहकार्य गरिनँ भने कक्षामा गायन, अभिनय तथा नाच्न पथ्र्यो । हाम्रोमा जुम्लीहरू आउँथे सामानहरू बेच्न । हाम्रो घरनजिकै रहेको पाटीमा प्राय बस्थे । बुबा गीतसङ्गीतमा रुचि राख्ने भएकोले उनीहरूसँग नजिकिनु हुन्थ्यो । उनीहरूलार्ई आफ्नो मौलिक गीतहरू गाउन लगाउनुहुन्थ्यो । मैले झ्यालबाट सबै क्रियाकलापहरू हेर्थें । उनीहरूले गाएका मीठा गीतहरू सुन्थेँ । रातिसम्म उनीहरूलार्ई गीत गाउन बुबाले लगाउनु हुन्थ्यो ।

हजुरबुबालार्ई चाहिँ हामी बाबुछोरा गीतसङ्गीतमा लागेको त्यति रुचिकर लाग्थेन । बुबालार्ई उहाँले घरभँडुवा भन्नुहुन्थ्यो । आफू पनि गीताङ्गे भयो, छोरालार्ई पनि त्यस्तै बनायो भन्नुहुन्थ्यो ।

दुई कक्षामा पढ्दाखेरी मलाई  निमोनिया भयो । ठूली आमा शकुन्तला सिङ दिल्लीमा हुनुहुन्थ्यो । उपचारका क्रममा म दिल्ली पुगेँ । औषधि उपचारका क्रममा इन्जेक्सन दिँदा त्यसको खराबीका कारण खुट्टामा समस्या देखियो । अनि नेहरू स्कुलमा पढ्न थालेँ, जहाँ नाटकको कक्षा पनि हुन्थ्यो । त्यसपछि मेरो अभिनय यात्रा सुरु भयो । त्यहाँ गीत गाउन पनि थालेँ । प्रार्थना गीत पनि अगाडि गएर गाउँथेँ ।

कक्षा ८ सम्म पढेँ । तर पढाइतिर त्यति मन हुन्थेन । टोलटोलमा रामलीला हेर्न जान थालेँ । त्यसले पनि कतै न कतै नाट्यकलामा प्रभाव पा¥यो । म ८ मा पढ्दाखेरी नेपाल फर्केँ र नेपालमै पढ्न थालेँ । पछि म्याट्रिक चाहिँ इन्डियाबाट गरेँ । बुबासँग नेपालमा सांस्कृतिक कार्यक्रमहरूमा हिँड्न थालेँ । म नेपाल आउँदा हजुरबाबाले पनि गीतसङ्गीत कलालार्ई हेर्ने दृष्टिकोणमा फरक पाएँ । बाबाले पनि त्यही क्षेत्रबाट मानसम्मान, पुरस्कार पाउन थाल्नुभएको थियो । समाजका मानसिले पनि उहाँलार्ई राम्रो दृष्टिले हरेर होला हजुरबुबा पनि परिवर्तन हुनुभएको । उहाँले नै अभिनयकला सिक्नको लागि मलार्र्ई काठमाडौ पढ्न पाठाउनुभयो । काठमाडौका साथीहरूले पनि मलार्र्ई आउन कर गरे ।

खासमा म एनएसडीमा पढ्न जानको लागि फर्म भर्न २०४० सालमा काठमाडौ आएँ । तर, म सफल हुन सकिनँ । म त्यसै निराश भएर बसिरहेको थिएँ ।

एकचोटि म रोइरहेको अवस्था नै थियो । नेपाली त्यति राम्रोसँग आउँथेन । अभिनय सिक्ने मेरो इच्छा अधुरो रहने भयो भन्ने भयो । त्यही अवस्थामा हरिहर शर्माले मेरो हात समाउनुभयो र मलार्र्ई एकेडेमीमा भर्ना गराउनुभयो । नाटकसम्बन्धी नेपाल एकेडेमीमा एक वर्ष कोर्स हुन्थ्यो । म ललितकला क्याम्पसमा पढ्न पनि थालेँ । त्यहाँ कलासँग जोडिएका धेरै विधामा काम गर्ने र हेर्ने मौका पाएँ । कलेज पढ्दै नाटक पनि पढ्न थालेँ । हरिहरसरले पढाउनु हुन्थ्यो । प्रचण्ड मल्लले मञ्चव्यवस्था पढाउनु हुन्थ्यो ।

नेपाल भारत पुस्तकालयमा ललितकलाबाट चित्रकला, सङ्गीत, अभिनय, कविता यी सबै विधाको मिश्रण गरी नाटक गथ्र्यौँ । हरेक शुक्रबार ललितकलामा नाटक मञ्चन गथ्र्यौँ । हामीले काम गरिसकेपछि मूल्याङ्ककन गथ्र्योँ । त्यो नाटक हेर्न सबै विद्यार्थीहरू सहभागी हुन्थे ।

वि.सं.२०४१ तिर नाट्य माहौल राम्रै थियो । त्यतिबेला टेलिभिजनको प्रभाव नपरेको भएर होला नाटकमा राम्रो वातावरण थियो । धेरै नाट्य समूहहरू पनि थिए । २०४२ तिर एकेडमीमा ‘अतृप्त आत्मा’ मा म ६० वर्षीय वृद्धको भूमिका निर्वाह गरेको थिएँ । हिट भएको थियो । प्रतिष्ठानमा प्रतिस्पर्धा हुन्थ्यो । विभिन्न समूहहरू भाग लिन्थे । २०४३ सालमा मैले अर्जुन श्रेष्ठले लेखेको नाटक विकल्पमा अभिनय गरेको थिएँ । राम्रो भएतापनि पुरस्कार मिलेन । थोरै निराश भएँ ।
अझ नाटकलगायतका धेरै किताब पढ्न थालेँ । २०४५ देखि २०४८ सालसम्म सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएँ । २०५२ मा काला खोला नाटकमा सर्वोत्कृष्ट निर्देशकमा पुरस्कार पाएँ । पछि एनएसडीमा जान नपाएको त्यो तिर्खा मेटेर छाडेँ । ६ महिना दिल्ली पुगेर नाटक सिकेँ ।

काम गर्ने तरिका केही फरक लाग्यो । त्यहाँको मौसमी कार्यशालामा भाग लिएको हुँ । पछि नाचघरमा अभिनय शिक्षक बनेपछि अनुप बराले एनएसडीमा पढेको नोटकपी पढेर धेरै ज्ञान पाएको महसुस भयो ।

नाचघरमा कलाकारको रूपमा जागिरे भएँ । त्यही सिलसिलामा एउटा संस्था पनि खोल्यौँ कि भन्ने सोच पलायो । २०४५ सालमा एमआर्ट थिएटरको स्थापना गरियो । नाटकका साथीभाइहरू पनि भए ।

नाचघरमा हरिहर सर आएपछि अभिनय कक्षा लिन थालेँ । हामीसँग केही थिएन । हाम्रो एमआर्ट थियो । सुनील अनुप सबै भएपछि मैले धेरै कुरा सिकेँ । अनुप बरालले एनएसडीमा पढेको सबै नोटकपी मैले पढ्न पाएँ ।
‘अन्धोयुग’ हुने बेलामा एनएसडीबाट नाटक कार्यशाला दिन केही व्यक्तिहरू आउनुभयो । त्यसमा पनि भाग लिएँ । त्यो कार्यशालाबाट तयार पारेको नाटकमा पनि खेलेँे । त्यो कामपछि सुनील दाइले गुरुकुलको अवधारणा बनाउनुभयो ।

दाइले केही गर्दैछ भन्ने भयो । विश्वास गरियो । गुरुकुलको स्थापनाको लागि म र मेरा सबै कलाकारहरू सहभागी भइयो । सबै आफ्नो संस्थालार्ई धरापमा राखेर दिएँ । रामबाबु रेग्मी, होम बिसी, राजकुमार खतिवडा कमलमणि नेपाल, सरिता गिरीलगायतका धेरै विद्यार्थीहरू त्यसमा सहभागी भइयो । पुरानो बानेश्वरको डाँडोलार्ई हरभरा गर्ने काम गरियो । जुन उत्साह उमङ्गले सहभागी भएँ । धेरै नाटकहरूमा सहनिर्देशन, सेट डिजाइनलगायतका धेरै भूमिकाहरूमा मेहनतका साथ लागेँ । अन्तिममा मैले केही पनि पाइनँजस्तो पनि लाग्छ । कतिले त यो सबै छाडिदिनु भन्थे । मैले सुनील दाइलार्ई साथ दिइरहेँे । उहाँले जे कुरामा पनि बिरु गराऊ भन्नुहुन्थ्यो । त्यही हो मेरो योगदान बुझून् भन्ने हो । एकातिर मैले त्यो योगदान गर्न पाएकोमा गर्व पनि गर्छु । एमआर्ट विलय भएको छैन । अहिले पनि एमआर्टमा अभिनयको कक्षा सञ्चलन भइरहेको छ ।
कहिलेकाहीँ आफू ओझेलमा परेको हुँ कि जस्तो लाग्थ्यो । किनभने जुन सोचका साथ आफू लागियो आफ्नो संस्थालार्ई धरापमा राखेर, त्यो अनुसार परिणाम नआएको महसुस नभएको होइन तर नेपाली रङ्गमञ्चको उत्थानमा गुरुकुलको योगदानले सन्तोष दिलाएको छ ।

पत्रिकामा छापिएको उजिर मगरकोे लेखलार्ई आधार बनाएर मैले ‘बरी लै’ नाटक मञ्चन गरेको हुँ । यो नाटकलार्ई पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका ५६ स्थानमा देखायौँ । त्यतिबेला माओवादीको आन्दोलन चलेको थियो ।

२०४० साल गोल्डेन हीरा हो । त्यतिबेला राजा रजौटाहरूले आर्टलार्ई महत्त्व दिएका थिए । महेन्द्र, समजी नभएको भए नेपाली रङ्गमञ्च यति माथि उठ्ने थिएन । त्यसलार्ई बिर्सनु हुँदैन । गुरुकुल र नाचघरमा हरिहर सर आइसकेपछि म, सुनील र बरालले अभिनय कक्षा लिएपछि एक किसिमले कलाकार उत्पादनमा फड्को मार्ने कामम भयो । पहिले एकेडेमीमा नियमित नाटक कक्षा हुन्थ्यो तर त्यो नियमित हुन सकेन ।

गुरुकुलको आगमनपछि संसार बुझ्ने काम अलि बढी भयो । आफ्नो थिएटर र हैसियत बुझ्यौँ । बाहिर जाने काम पनि भए । अभावै अभावको बीचमा हामीले काम गरेका रहेछौँ भन्ने लाग्छ ।

२०४६ को आन्दोलनपछि फिल्म र नाटक छुटियो । पहिले नाटकभित्रै डान्स, गीत, फाइट हुन्थे । फिल्मका मसला नाटकमा हुन्थे । नाटक केवल नाचघर, एकेडेमी, राष्ट्रिय सभागृहमा मात्र हुन्थे । अहिले निजी संस्थाहरूमा पनि काम हुन थालेका छन् ।
सुनील दाइले नाटक अगाडि बढाउने ट्रिक गरे । उहाँले धेरै प्राविधिक ज्ञान पाउनुभयो । उहाँले कोर्सको नाटक मञ्चन गर्नुभयो । त्यसपछि क्याम्पसका विद्यार्थीहरू तानिन थाले । युवा दर्शक ह्वात्तै बढे । अभि सुवेदीलार्ई समाउनुभयो । अभि दाइले नाटक पनि लेख्न थाल्नुभयो । बाहिर जाने परिपाटी बस्न थाल्यो । धेरै कुरा भित्रिन थाल्यो । यसको श्रेय नितान्त हरिहर शर्मा र सुनील पोखरेलमा जान्छ । त्यसलार्ई हामीले बल दिने काम गर्यौँ । त्यसैले आजको रङ्गमञ्च यहाँसम्म आइपुग्या छ । व्यवसायिकतिर ढल्कन थालेको देखिँदै छ । फिल्मतिर जानेको भर्याङ्ग बन्दै छ ।

मलाई यथार्थवादी नाटक मन पर्छ । विशेष गरी फिजिकल मुभमेन्ट मन पराउँछु । विदेशको फर्मका मुद्राहरू हाम्रा टुँडालहरूमा पाइन्छन् । त्यहाँ भएका काम चित्रहरू अध्ययन र प्रयोग गर्न मन पराउँछु । नवरसलार्ई मैले शरीरिक अभिनय मान्छु । म नेपाली मौलिक नाटकहरूमा काम गर्न मन पराउँछु । हामी हाक्पारे, घाटु सोरठीमााथि केही काम गरेको छु र अझै काम गर्र्ने योजना छ ।

थिएटरमा मलाई सबै काम गर्न मन पर्छ । निर्देशन, सङ्गीत, मञ्च, कोरियोग्राफी सबैमा काम गर्न रुचि हुन्छ ।
चालिस सालतिरको कलेजमा पढ्दाको क्षण मलार्र्ई बढी सम्झना गर्न मन लाग्छ । मैले त्यतिबेला निकै मेहनत साथ काम गर्थेँ । मेरो लगनशील व्यवहार देखेर शिक्षकहरू छक्क पर्थे । सानेपादेखि भोटाहिटी हिँडेरै जान्थेँ । नाटक गर्दाखेरीको आर्थिक समस्यामा पनि प्रलयकारी नै थियो । अभावैअभावमा बाँच्नु पथ्र्यो । राम्रो काम गरेर अर्वाड नापाउँदाको पीडा पनि बेग्लै हुन्थ्यो । गुरुकुलमा खटेर पनि आफूले नपाएको प्राप्ति । त्यही हो काम गरेर पनि राम्रो मूल्याङ्कन नहुँदा पीडा बढी हुँदोरहेछ ।

मेरो विचारमा हामी रङ्गकर्मी निरन्तर आफ्नो काममा लागिरहनु पर्छ । राम्रो मूल्याङ्कन गर्नुपर्छ । त्यसो भयो भने काम गर्दा ऊर्जा बढ्छ । पुरानालार्ई सम्मान गर्ने संस्कार हुनुपर्छ । कतै व्यवसायमा मात्रै त अगाडि बढ्दै छैन भन्ने पनि लाग्छ । यसो भयो भने पतन हुन पनि बेर लाग्दैन । यसबाट बँच्नुपर्छ भन्ने लाग्छ ।

(चन्द्रप्रसाद पाण्डेयसँगको कुराकानीमा आधारित)