३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिनादर्ता सञ्चालन

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालनमा छन् ।

थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालन भइरहेको सरकारले गरेको सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालनमा छन् ।

बाँकी ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको सर्वेक्षमा उल्लेख छ । यस क्षेत्रमा कुल ११ लाख ३० हजार ६ सय ४५ जना संलग्न छन् । तीमध्ये ४ लाख ३ हजार ९ सय ६४ महिला छन् । यो भनेको ३६ प्रतिशत हो ।