हाम्रो सनसाइन स्कुलको २२ औं वार्षिक उत्सव सम्पन्न

 


काठमाडौ :  हाम्रो सनसाइन फाउण्डेशनद्धारा सञ्चालित अभिभावकत्व विहिन, असाहय तथा विपन्न परिवारका बालबालिकालाई विगत २२ बर्ष देखि निरन्तर निःशुल्क दीवा भोजन सहित निः शुल्क अध्ययन, अध्यापन गराइरहेको हाम्रो सनसाइन स्कुलले २२ औ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामा को प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा एक भब्य कार्यक्रमको आयोजना गरि विद्यालयले वार्षिक उत्सव मनाएको हो ।


कार्यक्रमका सभापति तथा हाम्रो सनसाइन फाउण्डेशनका अध्यक्ष विष्णु प्रसाद भुसालले विद्यालयको चुस्त ब्यवस्थापनले विद्यार्थीहरुको अध्ययन अध्यापनमा गुणस्तरीय सुधार आएको बताउँदै विद्यालयमा अध्ययनरत छात्रा, छात्रहरुको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सानो कक्षा देखि माथिल्लो कक्षा सम्मका विधार्थीहरुले नृत्य तथा कलात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक दिवेश खत्रीले २२ बर्ष देखि निरन्तर रुपमा निःशुल्क दीवा भोजन सहित निःशुल्क अध्यापन गराइरहेको र आगामी दिनहरुमा समाजमा रहेका असाहय र अनाथ तथा अभिभावक विहिन विद्यार्थीहरुलाई थप गरि उनीहरुलाई शिक्षाको उज्यालो घामबाट वञ्चित नहुने वातावरण सृजना गर्न विद्यालयले पहल गरिरहेको बताए । गरे ।


त्यसैगरी कार्यक्रमका विशेष अतिथि विष्णु पराजुलीले बौद्ध र कपन क्षेत्रमा हाम्रो सनसाइन स्कुल एउटा उल्लेखनीय, प्रशंसनीय नमुना बिद्यालयको रुपमा स्थापित भएको बताए । उनले २२ वर्ष देखि निरन्तर रुपमा निःशुल्क भोजन सहित १२ सम्मको निःशुल्क शिक्षा दिन सक्नु निकै प्रशंसनीय कार्य भएको उल्लेख गर्दै हाम्रो सनसाइन स्कुल एउटा नमुना बिद्यालय र अभिभावकको केन्द्रको रुपमा स्थापित स्कुल का रुपमा रहेको बताए ।
कार्यक्रमका बिशेष अतिथि तथा मनास्लु कलेजमा सस्थापक राजन श्रेष्ठले हाम्रो सनसाइन स्कुलले सोचेभन्दा पनि निकै प्रगति गरेको बताउदै २२ वर्षको अवधिमा शिक्षाबाट बञ्चित हुन सक्ने धेरै विद्यार्थीहरुलाई समुचित शिक्षा दिई समाजको जिम्मेवार नागरिक बनाउन योगदान गरेको बताए ।


कार्यक्रममा विद्यालयमा सम्पन्न विभिन्न खेलकुद कार्यक्रम, वौद्धिकता प्रदर्शन गर्ने कार्यक्रम तथा अध्ययनमा लगनशील र उच्च अंक हाँसिल गर्ने विद्यार्थीहरुलाई विभिन्न पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।
हाम्रो सनसाइन स्कुल स्वीस संस्थाको सहयोगमा विगत २२ वर्ष देखि निरन्तर आफ्नै भवनमा संचालित रहेको छ । विद्यालयले उपलब्ध गराएको गुणस्तरीय शिक्षा र निःशुल्क भोजनले आफ्ना बालबालिकाको भविष्य उज्ज्वल हुने उपस्थित अभिभावकहरुले विश्वास व्यक्त गरे ।