मायाका कुरा समेटिएको गीत ‘ मदहोस ’ सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट

काठमाडौं : मायाका कुरा समेटिएको गीत ‘ मदहोस ’ सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक बुद्ध लामाको आवाज र ममता गुरुङको फिचरिङ रहेको छ । लेखु सहयात्रीले संगीत गरेको गीतका शब्द सुजन कोइरालाले लेखेका हुन् ।मायाका कुरा समेटिएको गीत ‘ मदहोस ’ सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा आकाक्षां तामाङ र तुलसी मगरको अभिनय देख्न सकिन्छ । गीतको एरेन्ज बिशाम आचार्यले गरेका छन, भने मिक्स / मास्टरिङ सजन शाहले गरेका छन । यस्तै, उक्त गीतको भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका छन । फिचर्ड भिडियोको कोरियोग्राफी रोहित बसेलले गरेका हुन् । दिनेश पराजुलीले खिचेको भिडियो सम्पादन भने राकेश दाहालले गरेका छन । भिडियोमा श्रृङ्गार पूनम चौधरीले गरेकी छिन, भने गीतमा संगीत सम्योजन विषम आचार्यको रहेको छ । गीतको भिडियोमा मिडिया पार्टनरको रुपमा जन अपडेट रहेको छ ।