सुन्तला मात्रै होइन सिताके च्याउको पनि हब बन्दै स्याङ्जा

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको सुन्तला भनेपछि देशब्यापी रूपमा प्रसिद्ध भएको स्याङ्जा जिल्ला अब सिताके च्याउको पनि हब बनिरहेको अवस्थामा छ सुन्तलाबाट बर्सेनि एक अर्ब भन्दा माथी आम्दानी लिने स्याङ्जाले अब सिताके च्याउबाट पनि करोडौंको आम्दानी लिदै गरेको पाइएको छ ।

विशेषगरि कटुस उत्तिस पैयु सौर जातका काठका मुढामा उत्पादन हुने सिताके च्याउ स्वास्थ्यका लागि पनि अति उत्कृष्ट मानिएको बताइएको छ । शाकाहारी मांसहारी जस्तोसुकै रोगी बालक बृद्ध अझै भन्ने हो भने शाकाहारीको लागि अति उत्तम मानिएको सिताके च्याउ लोकप्रिय हुँदै गएको छ ।

हाल स्याङ्जाको पुतलीबजार अर्जुनचौपरी भीरकोट फेदिखोला आँधीखोला हरिनाश वालिङ नगरपालिका र अन्य पालिकामा पनि बिस्तार हुँदै गएको यो खेतीले पोखरा काठमाडौ बुटवल र स्याङ्जाका स्थानीय बजारमा आफ्नो बिक्री केन्द्र बनाउन थालेको छ प्रती केजी ४०० देखि ५०० सम्म उत्पादन गर्ने ठाउँमा यसको मूल्य पर्न जाने र यसको उत्पादन गर्न पहिलो वर्ष अलिक बढी मिहिनेत गर्नुपर्ने र अर्को अर्को वर्षमा उत्पादन लिन केही सजिलो पर्ने कृषकहरुको भनाइ छ ।

यो खेतीलाई स्थानीय तथा प्रदेश सरकारले अझै प्रोत्साहन गर्न अनुदानको पूर्ण व्यवस्थापन गर्न सके दिनानुदिन बिदेश जाने युवाहरूलाई रोक्न र स्वदेशमै स्वाबलम्बन बन्न प्रेरित गर्ने कुरामा दुई मत छैन ।