स्याङ्जाकी सिडिओ सुनिता नेपाल लगाएतले गरे भीरकोटमा सुन्तला र कफी खेतीको अवलोकन

राजनप्रसाद पौडेल
स्याङ्जा : यतिबेला स्याङ्जामा सुन्तला पाकेर सुन जस्तै भएको र स्याङ्जाका गाउँघर पाखामा पँहेलपुर भैरहेको अबस्थामा केहि दिन अघि स्याङ्जा सरुवा भैइ आउनु भएकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र उहाँसँग विभिन्न कार्यालयका प्रमुख लगाएतका व्यक्तित्वहरु स्याङ्जाको सुन्तला र कफी खेतीको अवलोकन भ्रमणमा निस्केको स्रोतले जानकारी दिएको छ।

यसरी भ्रमण गर्ने समूहमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल,कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमाल, सुन्तला सुपर जोनका प्रमुख माधब लम्साल, अनुसन्धान विभाग प्रमुख डिसपी अनुप ढकाल, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख इन्द्रप्रसाद पौडेल, जिल्लास्थित सेना प्रमुख मेजर दिपेश थापा र सुन्तला सुपर जोन स्याङ्जाका पूर्व अध्यक्ष बोधराज अर्याल लगाएतका महानुभावहरु थिए ।

शुरुमा पुतलीबजार नगरपालिका वडा नं – ११ मायटारी स्थित पूर्व सुन्तला सुपर जोनका अध्यक्ष बोधराज अर्यालको घरमा कफीको बारेमा जानकारी र अवलोकन पश्चात् भीरकोट नगरपालिका – ७ लोलुङ्गा स्थित वरिष्ठ कृषक एवम् कालिका माध्यामिक झापाकोटका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइराला लाल प्रसाद कोइराला टंक कोइराला भुवानी कोइराला भविष्वर कोइराला लगाएतका कृषकको सुन्तलाको बगैचा अवलोकन गरेर फर्केको र उक्त भेटघाट तथा अवलोकन कार्यक्रममा कालिका माबिले सुरु गर्न लागेको सुन्तला खेतीलाई ज्ञान केन्द्रका प्रमुख बिनोद हमाल र सुन्तला सुपरजोनका प्रमुख ले सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। उक्त कुरा त्यहाँबाट कृषक मीनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।