सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमूख मोहनराज मल्लको उपचारका क्रममा निधन

काठमाडौँ :सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमूख मोहनराज मल्लको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । ७३ बर्षिय मल्लको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
प्रदेश नम्बर ७ का निवर्तमान प्रदेश प्रमुख मल्ल कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा स्थापित थिए । चार दशक भन्दा लामो समय देखि कैलालीमा राजनीति गर्दै आएका राष्ट्रिय पञ्चायतका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य पनि रहेका थिए ।