गिति कविता : आशा भरोसाको बत्ती

 

आशा भरोसाको बत्ती बाल्नु तिमिले,

जिन्दगीको सुख,दुःख सबै हो सहने ।

जिन्दगीको यात्रा निरन्तर गरिरहनु परेको छ,

लक्ष्य पुरा गर्न हामीले अगाडी बढ्नु छ । ।

 

नेपाल आमालाई ढोगेर बस्नु छ ,

देश छोडेर जाँदा यो मनमा कुन्नि के भएको छ ।

आफ्नो गाउँ बस्ती सम्झना मनमा आउँछ,

यो मनमा फोटो राखी सजाएर राख्नु छ ।।

 

इमानदारिता छ तिमिमा पछि आउँछौ,

कमजोर नबन एक दिन सफल हुन्छौ ।

यो नदीको किनारा बालुवा थुपार्दै बसे,

छाती भित्र माया बोकी आँखामा सजाइरहे ।।

 

तिर्खा लाग्दा खोलीमा पानी पिउनु छ,

खोलीको पानीले मनलाई शान्त बनाउँछ ।

चर्किएको मुटुलाई अब जोड्नु छ,

मन मुटु जोडेर यहाँ बस्नु पनि छ ।।

 

हेर्दा लाग्छ यता मुहार मुस्कुराएको छ,

मनमा माया बल्झी सताएको छ ।

सात समुन्द्र पारि भए पनि आफ्नै गाउँ प्यारो लाग्छ,

आफ्नो गाउँ,आफ्नो ठाउँ सम्झी मन उज्यालो छ ।।

 

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी