काभ्रेको कोलातीस्थित भुम्लुको माझीबस्ती जोखिमपूर्ण

श्रीकृष्ण पहरी
काभ्रेपलाञ्चोक :काभ्रेको कोलातीभुम्लु वडा न.-६ बस्तीमा पुष्पलाल मध्येपहाडी लोकमार्ग सडकको निर्माण क्रममा माझीबस्ती जोखिममा परेको छ ।
केही दिन देखिको बर्षाको कारण पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने भुम्लु गाउँपालिका कोलातीभुम्लु वडा न.-६ भञ्ज्याङ् स्थित माझी बस्ति बिस्थापित हुने अबस्था रहेको छ ।

सम्बन्धि निकाय स्थानीय सरकार सडक बिभाग नेपाल सरकारको ध्यानाकर्षण होस छिटोभन्दा छिटो राहतको ब्यबस्था होस भनेर वडा अध्यक्ष भरत बहादुर शिवभक्तीले अनुगमन पछि आग्रह गरेका छन ।।