
म एक नेपाली नागरिक हुँ!
यो भनिरहदा मलाई कुनै संकोच छैन,किनभने मलाइ नेपाली हुनुमा गर्व थियो छ र हुनेछ ।
अप्रीय नेता ज्यु हरु !
तपाईं गर्वका साथ मेरो आँखामा आँखा जुधाएर भन्न सक्नुहुन्छ, तपाईं नेपाली हुनुमा (म अथवा म जस्ता नेपाली म हरुले जत्तिकै) गर्व गर्नुहुन्छ?
अहिले बिस्वब्यापि रुपमा कोरोना महामारी चलिरहेको छ, यस्को त्रास सबैले भोगिरहेछन केवल हाम्रो देशको नेताहरु बाहेक।
हामी घरभित्र थुनिएर भोक र रोग (कोरोना बाहेकका) संग लड्दै बाच्न ठूलो संघर्ष गरिरहेछौ।
हमिलाइ थाहा छ कोरोनाका विभिन्न भेरियन्टहरु आईरहेछन्,मान्छेहरु मरिरहेछन।
तर के जति मान्छे मरे ती सबैको मृत्युको कारण कोरोना हो ?
कोरोना लागेर मर्ने र कोरोना जितेर बाँच्नेको मतान्तर हामिले हेरिरहेछौ। कोरोनाले कस्तो मान्छेलाई बढी असर गरेको छ त्यो पनि बुझेका छौ। सत्य हो रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो। तर एउटा रोगसंग डराएर हामिले तपाई (नेताहरु) जस्ता लाखौ रोगलाई कसरी पाल्नु?
हामिसंग पहिले देखि नै गरिबी,भोक,बेरोजगारी,अशिक्षा,असुबिधा जस्ता कोरोनाभन्दा भयानक रोगहरु छन् त्येसमध्य पनि झन डरलाग्दो रोग नेपाली राजनितिज्ञहरु छन्।
हामी पहिले देखि नै संघर्ष गरिरहेछौ रोगहरुसंग लड्ने तर यतिबेला हामी बिबष छौ।
हामी घरबाट बाहिर निस्कियौ भने प्रशासन आउँछ लौरो बर्साउँछ,उस्लाई मेरो भोक,मेरो बाध्यतासंग कुनै वास्ता छैन तर उ त्येही ब्यक्ती हो जो मैले दिनरात मेहनत गरेर कमाएको पैसाबाट मैले तिरेको कर ले आफ्नो तलब बुझ्छ। अर्थात मलाई कुटेर,डराएर,भोको राखेर पनि नमरेको मैले मर्दै मर्दै कमाएको पैसाले माँसुभात खाएर मलाई नै कुट्न उ बलियो बन्दै छ।
उ हरशम्भव लागि परेको छ म हरुलाई मार्न ।
झट्ट पढ्दा यो एक मेरो आक्रोश हो जस्तो लाग्न सक्छ तर यो म जस्तै धेरै म हरुको जीवन हो जहाँ उपहार स्वरुप तपाईहरुले दिनुभएको अनेकन दु:खको सगरमाथाहरु छन्।
हामीलाई घरभित्र राखेर आफू खुलेआम हिड्ने तपाईहरु हामिलाई पट्टकै मन परेको छैन।
किनभने
१- एक जना नेताको पछाडी एउटा कार्ड र माईक बोकेर दर्जनौ पत्रकार जम्मा गराएर बिपक्षी नेतालाई गाली गर्दै गर्दा तपाईलाई कोरोना लाग्दैन।
२- एउटा आम मानिस जो घरमा खानेकुरा नभएर,खल्तिमा पैसा नभएर साथिभाई संग सापटी माग्न हिड्छ अथवा सापटी मागेको पैसाले 2 किलो चामल र नुन तेल बोकेर बाटोमा हिड्छ । उस्लाई कोरोनाबाट सुरक्षाको नाममा दर्जनौ प्रहरी जवानहरुले मिलेर सोधपुछ र हातपात गर्छन त्येहा तिनिहरुलाई कोरोना लग्दैन ।
३- डेढ दुई सय जना शांसदहरु पत्रकार सहित सरकार ढलाउन अथवा आफू शक्तिमा आउन। सिधै भन्नू पर्दा आफ्नो शांसद भत्ता आउने बाटो खुल्ला राख्न अदालतमा बिना सामजिक दुरि कायम गरि उपस्थित हुँदा कोरोना लाग्दैन।
४- विभिन्न अभियानको नाममा बसभरी मान्छे कोचेर हिड्ने अभियान्ताहरु जो कुनै बस्तिमा गयर सयौँ मान्छेहरु जम्मा गरि आफ्नो अभियान चलाउछन उनिहरुलाई कोरोना लाग्दैन।
५- तपाईहरु आफ्नो सत्ताको खेल खेल्न आफ्नो भत्ता कमाउन शांसद भवनामा ५०० भन्दा ज्यादा भेला भएर देशको माया लगेको ढोंग देखाउनुहुन्छ,त्येहा कोरोना लाग्दैन।
– कोरोना त तब लाग्छ जब एउटा निमुखा बेलुका पकाउने चामल र तरकारी कमाउन बिहान घरबाट बाहिर निस्किन्छ।
– कोरोना त तब लाग्छ जब एउटा फुट्फाटमा तरकारी बेच्ने व्यापारी अलिकती तरकरिको पोकोसंग सिंगै परिवारको जिम्मेवारी बोकेर घरबाट बाहिर निस्किन्छ।
– कोरोना त तब लाग्छ जब एउटा साधारण मान्छे हस्पिटल जानलाई ट्याक्सी लियर हिड्न खोज्छ।
– कोरोना त तब लाग्छ जब घर बनाएको ऋण तिर्न नसकेर घर लिलाम हुन लागेपछी बाध्यताले एउटा जनता काम खोज्न निस्किन्छ।
– कोरोना त तब लाग्छ जब एउटा सनो ब्यापरि आफ्नो पसलमा व्यापार गर्न बस्छ।
– कोरोना त तब लाग्छ जब मजदुर आफ्नो मजदुरी गर्ने ठाउँसम्म जान्छ।
– अनि कोरोना त्येहा पनि लाग्छ जहां आफुले काम नगरी महिना मरेपछी खातामा पैसा आउँदैन ।
अप्रीय नेता ज्यु हरु
तपाईलाई कस्तो सम्बोधन मन पर्छ त्यो त म जान्दिन तर मलाई तपाईहरुको कोरोना संग जोडेर जनताको ज्यानको रक्षाको निम्ति भनेर गरेको कुनैपनी सम्बोधन मन परेको छैन।
कोरोनाको भ्रम बेचेर जनता मार्ने जुन खेल तपाईहरु खेल्दै हुनुहुन्छ त्येस्को पर्दाफास अब चाँढै हुनेछ।
कोरोना कत्तिको खतरनाक हो सबैले बुझिसके कोरोना त्येती डरमर्दो हैन जति भोक हो। जति ब्यबसाय गर्न भनेत लिएको ऋण तिर्न नसक्दा आत्महत्या गर्नु डरमर्दो हो।
यदि कोरोना त्येस्तो भयानक हुन्थ्यो भने कोरोना भन्दा अगाडिको र कोरोना लागेपछिको दैनिक,साप्ताहिक,मासिक वा बार्षिक मृत्युदर हेर्नुस।
त्येतिले पुगेन भने कोरोना संक्रमण बाट मृत्यु हुनेको शङ्ख्या र निको हुनेको बिस्वभरिको तथ्याङ्क हेर्नुस।
सरदर मा कोरोना संक्रमण भएका मध्य ७ -८% को मात्रै मृत्यु भएको देखिन्छ।
हामिले अध्यन गर्यौ,तपाईहरु बाट केही अपेक्षा पनि गर्यौ तर जनाताको ज्यानको रक्षाको नाममा केवल आफ्नो भत्ता बचाउने काम बाहेक केही गर्नु भएन ।
तपाईंइहरुले के गर्नु पर्थ्यो थाहा छ ?
– लकडाउन गर्नु पुर्व जनताको आर्थिक स्थितिको बारेमा जानकारी संकलण गरि,निम्न बर्गको लागि बाँच्नसक्ने वातावरण निर्माण गर्नु पर्थ्यो।
– बेरोजगार जनशक्तीहरुलाइ विशेष तालिम सहित विभिन्न क्षेत्रमा प्रयोग गर्नु पर्थ्यो।
– सरकरी कर्माचारी जस्ले सामान्य मान्छेको कमाईबाट आएको करबाट तलब लिन्छ उनिहरुको तलब कटौती गरि कर छुट को अबधारणा ल्याउन पर्थ्यो,किनभने कमाई गरेर खाने बाटो बन्द भएपछी कर कहाँबाट ल्यायर तिर्छन?
– बैंक तथा बित्तिय शंस्थारुलाई लकडाउन अबधीमा ऋण असुली गर्न रोक लगाउनु पर्थ्यो,यदि यस्तो भैदिएको भए ब्यबसाय/रोजगारी/आम्दानिको स्रोत बन्द भएको बेला ऋणको किस्ता हाल्न नसकेर सामजिक रुपमा बेईज्जत भएर/घरवार बिहिन भएर बांच्नु भन्दा मर्छु भनेर गरिएका साना ब्यबसायी या जनताको जीवनको रक्षा हुन्थ्यो।
– ब्यक्तिगत रुपमा जतिपनी राहत बितरणको कार्य भैरहेको
छ तिनिहरुलाई सरकारी मातहतमा ल्यायर ( त्येस्को लागि तपाईहरुले बिस्वास गुमाईसक्नु भएको छ फेरिपनि बिस्वास दिलाउने प्रयास गरेर) संयमित ढङ्गले बितरण गर्ने परिपाठी मिलाउन प्रर्थ्यो।
– स्वास्थ्य क्षेत्रमा यो महमारिको बेला के कस्ता उपकरण हरु चाहिन्छ भन्ने जानकारी संकलण गरेर दोस्रो लहर सुरुहुनुभन्दा पहिले नै देशका सबै स्थानिय तह देखि केन्द्र सम्मको स्वाथ्य चौकी देखि अस्लताल सम्म दक्ष जनशक्ती तैयार पार्ने र उपकरण उपलब्ध गराउनु पर्थ्यो।
यस्ता धेरै योजनाहरु म देशको एउटा सामान्य मान्छे संग छ भने तपाईं त देश चलाउने जिम्मा लिनुभको अभिभावक को भुमिकामा हुनुहुन्छ,तपाईले कति सोच्नु पर्थ्यो होला? कति सोच्नु भयो?
हामी भोक र रोगको दोहोरो चपेटामा परिरहेको बेला हामिलाइ कोरोना बिरुद्द भ्याक्सिन किन्ने पैसा छैन तर चुनाबको तैयारी र सम्पन्न गर्न पुरै जनतालाई पुग्नेगरी भ्याक्सिन आउने पैसा छ। अर्थात जनता बचाउन आउने स्वस्थ्य सामाग्रीमा कमिसन खाने पैसा छ तर कमिसन पाय पैसा छ नपाय छैन ?
यसरी हेर्दा तपाईहरु जनता बचाउन हैन मार्न चाहानुहुन्छ भन्ने प्रस्ट हुन्छ।
तसर्थ अबको चुनाबमा भोट माग्न आउनु पुर्व यी माथि उल्लेख गरिएका कुराहरु परिवर्तन/उपलब्ध होस्।
त्येस्पछी सोचौला भोटको बारेमा चुनाबको बारेमा अन्यथा यदि भोक,रोग,र इज्जतको डर सहेर पनि म हरु बाँच्यौ भने।
तपाईहरुलाई उपहार स्वरुप एक जोर पुरानो चप्पल राख्नेछौ ।जो म हरुको पैतालाको रक्षा गर्दा गर्दै कयौ काडाहरुले घोचिएर र पत्थरहरु संग ठोक्किएर प्वालै प्वाल भएको छ ती चप्पलहरु र तपाईंहरु ( नेताहरु) को गालाको दु:खद भेट गराउन म हरुले कतिपनी शंकोच मान्ने छैनौ।
अप्रीय नेता ज्यु हरु
तपाइलाई गाली गर्नु र सुझाब दिनु यो देशको नागरिक र अघिल्लो चुनाबमा तपाईहरुलाई भोट दिएको हिसाबले मेरो कर्तब्य र जिम्मेवारी दुबै हो।
र म त्येस्को लागि तैयार छु
तर त्यो भन्दा पहिले आस्वसनमा भोट किन्छु भन्ने भ्रम छोडेर आउनुहोला। नत्र हामिले जसरि पुरानो चप्पल छोड्यौ र नयाँ किन्यौ त्येसैगरी तपाईंहरुको बिकल्प खोज्न/रोज्न हामी तैयार छौ।
तपाईले शासन गरिरहनु भएको देशको तपाईद्वार पिडित एक नागरिक कृष्ण खड्का ।
