बुटवलको सहुलियत कृषि सहकारीमा नकुल शहीको नयाँ नेतृत्व

दिपेश राज नेपाल
रुपन्देही : बुटवल ११ मा रहेकाे सहुलियत कृषि सहकारी संस्थाकाे आठाैँ साधारणसभा तथा तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । तेस्राे अधिवेशनबाट नकुल शाही ठकुरीकाे अध्यक्षतामा निर्विराेध नयाँ कार्यसमिति चयन भएकाे छ ।

जसकाे उपाध्यक्षमा जगत पाैडेल, सचिव टिकाराम पाण्डे, काेषाध्य शालिकराम श्रेष्ठ, सहसचिव मनादेवी वली क्षेत्री र सदस्यहरुमा बाबुराम रिजाल, तारा देवी खड्का, पर्णकली श्रीस, विन्दु कुमारी उचई मल्ल र रमा काेइराला रहेका छन ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयाेजक सुर्य कुमार रगामी र सदस्यहरुमा मदन पराजुली र कलावती भण्डारी समेत निर्विराेध चयन भएका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष नकुल शाही ठकुरीकाे अध्यक्षता, उपाध्यक्ष गीता देवी रेग्मीकाे स्वागतमन्तव्य , सचिव टीकाराम पाण्डेकाे संचालन र वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियो ।