स्याङ्जा प्रहरीद्वारा अवैध उत्खनन्, ओसार-पसार गर्ने जेसिबी र ट्याक्टर नियन्त्रणमा

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. २ दबिस्थान अरौदी खोलामा अवैध रूपमा गिट्टी वालुवा उत्खनन तथा ओसारपसारमा संलग्न जेसिबी र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग. १ क. ६१८७ नं. को जे.सि.बि. र लु.४ त. १४२२ नं. को ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले नियन्त्रणमा लिई थप कारवाहीको लागि आज पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।