जाडोयाममा कुखुरामा हुने घ्यार घ्यार ( CRD) रोग तथा समाधान

CRD (घ्यार-घ्यार) यो रोग सबै उमेरका कुखुराहरुमा देखिने गर्छ।यो रोगमा इकोप्लाज्मा (Mycoplasma) जीवाणुले लाग्नुका साथै अन्य व्यवस्थापकीय त्रुटिका कारणले पनि लाग्ने गर्छ।यो रोग संक्रमित हावा, अन्डा, सोत्तर, दाना तथा पानीबाट सर्नेगर्छ।

किसानहरुले प्राय जाडोयाममा खोरलाई न्यानो बनाइराख्नको लागि रातिको समयमा पर्दाले पुरैढाक्ने गर्छन।यस्तो किशिमको अभ्यासगर्नाले अमोनिया ग्यास खोरमा संचित भइ अमोनियाग्यासको मात्रा धेरै हुदै जाने हुन्छ जसले गर्दा प्रतक्ष्य रूपमा आँखा र स्वास नलीमा भएको कोषिकाहरुलाई हानि पुराउछ।फलस्वरूप जीवाणु तथा विषाणुले आक्रमण गर्ने वातावरण पाउछन र कुखुरालाई स्वासप्रस्वास सम्बन्धि रोगहरु लाग्छ।

खोरमा अधिक मात्रामा अमोनिया ग्यास हुनु, ब्रूडिंगको समयमा तापक्रमको व्यवस्थापन राम्रो नहुनु, कुखुराले पिउने पानीको निर्मलीकरण नगर्नु साथै भ्याक्सिनेसनको उचित व्यवस्थापनन भई रोग प्रतिरोधात्मक क्षमतामा ह्राश आउनाले जाडोयाममा घ्यार घ्यारको समस्या धेरै देखिने गर्छ।

लक्षणहरु:

क. खोक्नु, घ्यार घ्यार हुनु, मुख बाट र्याल निकाल्नु, ह्वाच्छिउ गर्नु

ख. पेटले शास फेर्नु

ग. मुख खोलेर शाश फेर्नु, झोक्र्याउनु

घ.आँखा सुन्निनु

ङ.शारीरिक वृद्धिदरमा ह्राश आउनु

च. दाना खपत कम हुनु

रोकथामका उपायहरु:

क. खोरमा उचित जैविक सूरक्षाको व्यवस्थापन गर्नुपर्छ।

ख. सरदर छानाको माथिल्लो सतह देखि एक हात बराबरको भेन्टिलेशन छोडी पर्दा लगाउनुपर्छ।

ग. ब्रूडिंग तापक्रमको मापदण्ड अनुसार जाडो याममा १२ दिन देखि १४ दिन सम्म ब्रूडिंग गर्नुपर्छ।

घ. भ्याक्सिनेसनको तालिका अनुसार कोल्ड चेन मेन्टेन गरिएको भ्याक्सिन कुखुरालाई उचित मार्ग बाट दिनुपर्छ। भ्याक्सिन दिने दिन, दिनु भन्दा एकदिन अगाडी र दिएको एक दिन पछाडी, पानीमा कुनै पनी प्रकारको पानी सफा गर्ने औषधि र एण्टिवायटिक प्रयोग गर्नु हुदैन।

ङ. जुनसुकै मौसममा पनि पानी लाई निर्मलीकरण गरि मात्र कुखुरा लाई दिने गर्नुपर्छ।कुखुरालाई खुवाउने पानी ल्याब टेस्ट गरेर मात्र प्रयोग गर्नु अतिनै उपयुक्त हुन्छ।

च. सवैभित्र – सवैबाहिर (All in – All out) को सिद्धान्त अनुरुप कुखुराको उत्पादनको व्यबस्था मिलाउनु पर्छ।