कोहलपुरमा आँसी प्रहार गरेर बुवाद्वारा आफ्नै छोराको हत्या

नारायण रिजाल
बाँके :बाँकेको कोहलपुर नगरपालिकामा बुवाले धारीलो हतियार प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन । बुधबार राती करीक ९ बजेको समयमा कोहलपुर नगरपालिका १२ चप्परगौडीमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले धारिलो हतियार आँसी प्रहार गरेर आफ्नै अन्दाजी २० वर्षिय छोरा पोषण ओलीको हत्या गरेका हुन ।

ईलाका प्रहरी कार्यालय कोहलपुर अनुसार बुवाले छोराको गर्धन घाँटीमा आँसी प्रहार गरेका थिए । गम्भीर घाईते भएका ओलीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्याइएको थियो । त्यसलगत्तै अस्पतालले ओलीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता प्रहरी अनुसार नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जनाएको छ । प्रहरीले घटना स्थलबाट धारिलो हतियार आँसी बरामद गरेको छ । प्रहरी अनुसार पारीवारीक विवादका कारण घटना भएको हो । प्रहरीले घटनामा संलग्न बुवा ठाकुरलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।