क्यान्सर पिडित राई परिवारद्धारा सहयोगको याचना

भोजपुर : भोजपुर जिल्लाको आमचोक गाउँपालिका वडा न.७ खामताङ्की ३३ बर्षीय पबित्रा राई ३ बर्ष अघि आफ्नी दोस्रो सन्तानको रुपमा छोरिलाइ जन्म दिइन,छोरिको जन्मलगत्तै मुटुको चाल अस्वभाविक थियो ७ महिना पछि बिराटनगरको नोवेल हस्पिटलमा जचाउदा मुटु सम्बन्धी रोग रहेको पत्ता लाग्यो तर उपचार गर्दा गर्दै ३ महिना पछि उनको ज्यान गयो।

छोरी गुमाउदाको पिडाबाट मुक्त हुन नपाउदै गत बैशाखमा पबित्रालाइ रक्तस्राव भयो नजिकैको मेडिकलमा जचाउदा अवस्था सामान्य रहेको भनियो र औषधि दिइयो त्यसले केही समय त निको भयो तर उनलाइ फेरि स्वास्थमा समस्या भएपछी जचाउन त्रि.बि शिक्षण अस्पताल महाराजगन्ज ल्याइयो,राम्ररी चेकजाँच गर्दा उनलाइ पाठेघरको क्यान्सर भएको पुष्टि भयो ।

घरको आर्थिक अबस्था निकै कमजोर भएको,छोरिको उपचार गर्दाको ऋण तिर्न उनका श्रीमान कमानसिङ राई दशै पछाडि बिदेश जान ऋण खोजेर भिजाको पर्खाइमा थिए तर मजदुरी गर्न जान लिएको ऋणको पैसा पबित्राको उपचारमा सकियो ।

भोजपुरमा पाखो बारी छ त्यो बेच्नलाई बिक्री हुदैन बिक्री भएपनी उनको उपचारका लागि केही राहत पुग्ने अबस्था देखिदैन अहिले घरमा बुढाबुढि बुवा आमा र एक भाइ छन।कमानसिङ ,श्रीमती पबित्रा (क्यान्सर पिडित ) र एक छोरी सहित काठमाडौको धर्मस्थलिमा एक कृषि फार्ममा काम गर्दै आइरहेका थिए र उनलाइ रोग लागेपछी अन्तै डेरा गरि बसेका छन।हुदाखादो जागिर छोड्नुपर्ने बाध्यता,एक छोरिको पढाइ खर्च,डेरा खर्च,श्रीमतिको उपचार लगाएतका समस्याको कारण राई परिवार गम्भीर समस्यामा परेको छ ।

घरमा अन्य आम्दानीको श्रोत पनि नभएको,घरको जिम्मेवारी सबै आफुमा भएको र कतै ऋण माग्ने अबस्था पनि नरहेकोले सहयोग माग्न बाध्य भएको उनका श्रीमान कमानसिङ राई बताउछिन  ।

अहिले सम्म पबित्राको उपचारमा मात्रै एक लाख पचास हजार भन्दा धेरै खर्च भैसकेको र अझै पाँच देखि छ लाखसम्म लाग्ने अस्पतालले बताएको छ । बिहान बेलुुकीको छाक टार्न मुस्किल परिवारमा तेति ठूलो रकम जोहो गर्न नसके पबित्राले उपचार नपाएर ज्यान गुमाउनु पर्ने अबस्था छ ।

अस्पतालमा बस्दा खाना त्रि.वि शिक्षण अस्पतालमा क्यान्टिल सञ्चालक गुुल्मीका बिष्णु थापाले खुुवाइरहेका छन्    भने औषधी किन्नको र अन्य खर्चको लागि निकै अप्ठ्यारो अबस्थामा रहेकी छन्  । हाल सम्म उनको उपचारको लागि कतैबाट सहयोग प्राप्त भएको छैन ।

मोबाइल न.:९८४८४५४१७७
बैंक खाता :प्रभु बैंक,टेकु शाखा
खाता न.:११४०२०३५९७६०००११