जसपाको तराई थरुहट राष्ट्रिय समितिमा सदस्यहरू मनोनयन

दाङ : जनता समाजवादी पार्टी (जसपा) नेपालको तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) मा सदस्यहरू मनोनयन गरिएको छ ।

बुधबार दाङमा बसेको बैठकले समितिको‌ उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरूमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश समितिको आयोजनामा मङ्सिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनौट, सदस्यहरूको मासिक लेबी, मातहतका जिल्लाको यथाशीघ्र भेला गर्ने निर्णय गरेको बताइएको छ ।