ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए


काठमाडौं : नेपाल प्रिमियर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

दुबै टिमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो ।