रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौः विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । माग भन्दा रगतको आपुर्ति कम हुने हुँदा शहरमा सधैं रगतको अभाव हुने गर्दछ ।
रगतको यो अभावलाई कम गर्ने उद्देश्यले रोट्रयाक्ट डिस्ट्रिक ३२९२ ले रोट्रयाक्टर सचिनको १० स्मृति दिवसको सन्दर्भमा देशभर रहेका रोट्रयाक्ट क्लवहरु र रोटरी क्लवहरु तथा अन्य संघसंस्थाहरु संगको समन्वयमा देशभर बृहत रत्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यसै विच रोटरी क्लव अफ राजधानी, रोटरी क्लव अफ बानेश्वर, रोट्रयाक्ट क्लव अफ राजधानी, इनरह्विल क्लव अफ राजधानी, इन्टर्याक्ट क्लव अफ नेपाल पुलिस स्कुल,ए ला कार्ट एकाडेमी अफ हस्पिटालिटी एजुकेशनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको रोट्रयाक्ट क्लव अफ राजधानी कि प्रिसिडेन्ट म्याथुन्ना थापाले बताएकी छिन् ।

रोटरी क्लव अफ राजधानीका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ का असिष्टेन्ट गर्भनर देवेन्द्रलाल श्रेष्ठले ४९ औं पटक रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराउदै रगत अभावलाई केहि हद सम्म कम गर्न आगामी दिनहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट के.पी. उपाध्ययले बताए ।


काठमाडौको नयाँबानेश्वर स्थित ए ला कार्ट एकाडेमी अफ हस्पिटालिटी एजुकेशनमा सम्पन रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा देउराली क्लव, फेरबेस नेचुरल स्प्रिङ वाटर, टिम नेपो अन्य विवध सहयोग रहेको रोट्रयाक्ट क्लव अफ राजधानी कि पब्लिक इमेज कमिटी अध्यक्ष अदिति पौडेलले जानकारी गराइन् ।


उक्त रक्तदान कार्यक्रममा इमेज एफ.एम. ९७.९, भिजन न्युज नेपाल डट.कम. तथा रोजगार मिडिया प्रा.लि.को संचार सहकार्य रहेको थियो ।