नेपाल सुपर लिग २०२३ : धनगढीविरुद्ध डेब्यु गर्दै वीरगञ्ज

 

 काठमाडौं : नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा बेलुका ५ः३० बजे हुने यस खेलसँग जोडिएका महत्त्वपूर्ण तथ्यांक यस प्रकार छन् ।

१. वीरगञ्ज युनाइटेडले प्रतियोगितामा डेब्यु गर्ने क्रममा सहभागिता जनाउने नवौं फ्रान्चाइज टिम बन्ने छ ।

२. यसपल्ट तीन टिमले पहिलो पल्ट सहभागिता जनाउँदैछ । त्यसमध्ये स्पोर्टिङ इलामले खेलिसकेको छ भने झापा एफसीले खेल्न बाँकी छ ।

३. यो यसपल्टको प्रतियोगिताको चौथो खेल हुनेछ । समग्रमा भने यो २९ औं खेल रहेको छ ।

४. धनगढी र वीरगञ्जको यो पहिलो भेट हुनेछ ।

५. धनगढी प्रतियोगिताको पछिल्लो उप–विजेता हो । फाइनलमा धनगढी काठमाडौंको हातबाट १–० ले पराजित भएको थियो ।

६. धनगढीले अहिलेसम्म प्रतियोगितामा कुल आठ खेल खेलेको छ । त्यसमा चार जित, एक बराबरी र तीन हार रहेका छन् ।

७. जितको आधारमा काठमाडौं रेजर्सपछि धनगढी प्रतियोगिताको संयुक्त दोस्रो सफल टिम हो । काठमाडौंले अहिलेसम्म समग्रमा सात जित हात पारेको छ भने धनगढीमा पक्षमा चार जित रहेको छ । ललितपुरले पनि चार जित आत्मसात् गरिसकेको छ ।