झापामा राजावादीको शक्ति प्रदर्शन : बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।

बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए ।

पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका हुन् । राप्रपाका अध्यक्ष लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा थिए ।