आज देशभर बृहत रक्तदान कार्यक्रम आयोजना हुने


काठमाडौः विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । माग भन्दा रगतको आपुर्ति कम हुने हुँदा शहरमा सधैं रगतको अभाव हुने गर्दछ ।

रगतको यो अभावलाई कम गर्ने उद्देश्यले रगतको यो अभावलाई कम गर्ने उद्देश्यले रोट्रयाक्ट डिस्ट्रिक ३२९२ ले रोट्रयाक्टर सचिनको १० स्मृति दिवसको सन्दर्भमा देशभर रहेका रोट्रयाक्ट क्लवहरु र रोटरी क्लवहरु त्था अन्य संघसंस्थाहरु संगको समन्वयमा देशभर बृहत रत्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यसै विच रोटरी क्लव अफ राजधानी, रोटरी क्लव अफ बानेश्वर, रोट्रयाक्ट क्लव अफ राजधानी, इनरह्विल क्लव अफ राजधानी, इन्टर्याक्ट क्लव अफ नेपाल पुलिस स्कुल,ए ला कार्टे एकाडेमी अफ हस्पिटालिटी एजुकेशनको संयुक्त आयोजनामा यहि आज मंशिर ९ गते शनिवारका दिन बृहत रक्तदान कार्यक्रम आयोजना हुन गइरहको रोट्रयाक्ट क्लव अफ राजधानीका प्रिसिडेन्ट म्याथुन्ना थापाले जानकारी दिएकी छन् ।

काठमाडौको नयाँबानेश्वर स्थित ए ला कार्टे एकाडेमी अफ हस्पिटालिटी एजुकेशनमा विहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन हुने उक्त बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा देउराली क्लव, फेरबेस नेचुरल स्प्रिङ वाटर, टिम नेपो अन्य विवध सहयोग रहने रोट्रयाक्ट क्लव अफ राजधानी कि पब्लिक इमेज कमिटी अध्यक्ष अदिति पौडेलले जानकारी गराइन् ।


इमेज एफ.एम. ९७.९, भिजन न्युज नेपाल डट.कम. तथा रोजगार मिडिया प्रा.लि.को संचार सहकार्य रहेको उक्त वृहत रक्तदान कार्यक्रममा सर्वसाधरणलाई रक्तदान गर्न आह्वान गरिएको छ । अन्य जानकारीको लागि रोट्रयाक्ट क्लव अफ राजधानी कि प्रिसिडेन्ट म्याथुन्ना थापालाई मोवाइल नं. ९८६९१८६९५३, बृहत रक्तदान कार्यक्रम कि संयोजक सम्झना लाई मोवाइल नं. ९८६९६११६६१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।