कालिका मावि स्याङ्जाले सुरु गर्यो ब्याबसायिक आलु खेती

  राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको कालिका माध्यामिक विद्यालय पुतलीबजार-१३ झापाकोटले सात रोपनी जमिन दस बर्षको लागि बन्दगी लियर ब्याबसायिक रुपमा आलु खेती सुरुगरेको छ।

विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइरालाका अनुसार विद्यार्थि लाई उत्पादन संग जोड्ने शिक्षा र प्रयोगात्मक अभ्यासका लागि उक्त जमिन भाडामा लियर उक्त कार्य सन्चालन गरेको बताएका छन् ।

उनले विद्यार्थि र शिक्षकहरुलाई विद्यालयमा संचालित अतिरिक्त क्रीयाकलाप कार्यक्रम अंतरगत उत्पादन कार्य संचालन गर्न लागेको र यसले विद्यालयलाई अतिरिक्त आर्थिक लाभ हुने र यसले विद्यार्थि अभिभावक र सबै सरोकार वालाहरुलाइ फाइदा हुने बताए।

कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिन मा राम्रो नर्सरी स्थापना गरि मौसमी तथा बेमौसमी तरकारी बालीका बिरुवा उत्पादन गरि बिक्रीवितरण समेत गर्ने लक्ष्य राखेको जानाकारी गराए।

यसरी अतिरिक्त क्रीयाकलाप कार्यक्रम अन्तरगत अध्यक्ष अभिभावक र शिक्षक हरुसित उत्पादन गर्ने काममा जोडिन पाउँदा विद्यार्थिहरु पनिअत्यन्तै खुसी देखियका थिए ।

https://www.facebook.com/100083363294050/videos/917105613177885