एकीकृत कर्मचारी सामाज धनगढा,गोनर्वाद्वारा सरसफाई

सन्तोष यादव
सर्लाही : सर्लाहीको बसवरीया ४र ५ का एकीकृत कर्मचारी सामाज धनगढा,गोनर्वा द्वारा सनिबार  सरसफाई कार्यक्रम  सम्पन्न  भएको छ । कार्यक्रमा समपूर्ण कर्मचारीमिली गाउंको प्रत्येक  सडकलाई छठ पर्वको अवसरमा सरसफाई गरेका छन।

बसवरीया ४ र५ मा सरसफाई गर्दैगरेको बेला एकिकृत कर्मचारीको सदसय बालकुमार यादवले र राकेश यादवले जानकारी दिए। सडकमा बर्षौ देखी सरसफाई नभएपछी सडकमा अत्याधिक  मात्रामा फोहर भएको थियो ।
सबै फोहरलाई एकै ठाउमा थुपारी जलाएर नस्ट  पारेका छन।

यस सरसफाईमा शिक्षक,डाक्टर, नासु ,खरिदार ,रेनजर विभिन्न पदका कर्मचारी आ-आफनो हातमा झारू लिएर सडकमा विना हिचकिचाई विहानै ८ बजे देखि ११:१५ सम्म सफाई गरेका थिए ।