जाजरकोटका भुकम्प पिडितको लागि जीवन विज्ञान योग समुह टेक्सास र रोट्रयाक्ट क्लव अफ राजधानीको सहयोग

जाजरकोट : जीवन विज्ञान योग समुह, टेक्सास अमेरिकाको आर्थिक सहयोग र रोट्रयाक्ट क्लव अफ राजधानीको समन्वयमा जाजरकोटको कुशे गाउँपालिका वडा नं. ८ का भुकम्प पिडितको लागि राहत सामाग्री पठाइएको छ ।
भुकम्प पिडितहरुको लागि जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिकाको तर्फबाट जीवन विज्ञान योग समुह कि योग प्रशिक्षक समाजसेवी माला महतको पहलमा उक्त योग समुहका सदस्यहरु भवानी पाण्डे, उषा पाण्डे, सरिता शर्मा, देवि खरेल, तारा शर्मा, विष्णु गुरुङ, शान्ता भट्टराई, अञ्जना श्रेष्ठ, माला महतबाट प्राप्त नेपाली रुपैया रु. ६५००० र को रोट्रयाक्ट क्लव अफ राजधानीको तर्फबाट प्राप्त रु. १९००० गरि रु. ८४ हजार संकलन गरि रोट्रयाक्ट क्लव अफ राजधानीका प्रिसिडेन्ट मेथुन्ना कार्की,  रोट्रयाक्ट क्लव अफ राजधानी जनसम्पर्क समिति कि अध्यक्ष अदिति पौडेल र जाजरकोटका समाजसेवीद्धय कमल बहादुर रोकाय र यज्ञ विक्रम शाही कलंकी स्थित कमलामाई प्लाष्टिक सप्लायर्स पुगि थोक मुल्यमा १२० थान त्रिपाल खरिद गरिएको थियो ।

उक्त१२० थान त्रिपाल र रोट्रयाक्ट क्लव अफ राजधानीको तर्फबार्ट एक कार्टुन सेनिटरी प्याड रोट्रयाक्ट क्लव अफ राजधानीका प्रिसिडेन्ट मेथुन्ना कार्की र रोट्रयाक्ट क्लव अफ राजधानी जनसम्पर्क समिति कि अध्यक्ष अदिति पौडेलले जाजरकोटका समाजसेवी यज्ञ विक्रम शाही र कमल बहादुर रोकायलाई हस्तान्तरण गरेका छन् । उक्त राहत सामाग्री जाजरकोटको निकै विकट र हिमालको नजिक रहेको कुशे गाउँपालिका वडा नं. ७ का भुकम्प पिडितलाई वितरण गरिने समाजसेवी कमल बहादुर रोकायले बताएका छन् । राहत सामाग्री आजै साँझ जाजरकोट तर्फ पठाउने र सोमबार विहान भुकम्प पिडितहरुलाई वितरण गरिने पनि रोकायले बताएका छन् ।

समाजसेवी यज्ञ विक्रम शाहीले यो विपतको घडीमा सहयोग गर्ने सबै सहयोगी मनका व्यक्तित्वलाई आभार सहित धन्यवाद व्यक्त गरे ।


भिडियो हेर्नुहोस् !