महिला अधिकार मन्चको कोशी प्रदेश स्तरीय क्षेत्रीय भेला तथा साधारण सभा सम्पन्न

बेलबारी : महिला अधिकार मन्चको कोशी प्रदेश स्तरीय क्षेत्रीय भेला तथा विशेष साधारण सभा सम्पन्न भएको छ । बेलबारी—२ स्थीत सुदर्शन मल्टि एग्रो रिसोर्टमा सम्पन्न कार्यक्रमको उद्घाटन कोसी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले गरेकी थिइन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले कोशी प्रदेशमा ३३ प्रतिशत भन्दा बढी महिलाहरुको अधिकार रहेको र स्थानीय तहमा ४० प्रतिशत महिलाले प्रतिनिधित्व गरेपनि समाजमा महिलाप्रति हुने हिंसाका घटनाहरु नरोकिएको बताइन् । उपसभामुख दनुवारले महिला अधिकार मन्चले महिला शसक्तीकरण र महिला अधिकारका बारेमा काम गरिरहेकोमा खुसी व्यक्त गरिन् ।

महिला अधिकारका लागि राष्ट्रिय अभियानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहकार्य होमनेट नेपाल सचिवालय संस्थाले गरेको थियो । कार्यक्रममा कोसी प्रदेशसहितका १४ वटा जिल्लाका बिभिन्न महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला एम्बुलेन्स चालक मीना बास्ताकोटी, नारी विकासकाी सीता शर्मा, महिला अधिकार मन्चका सीता सुवेदी र कल्पना घिमिरे लगायका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेश संसद शोभा पालुंग्वा चेम्जोङ, बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राई, उर्लावारी नगरपालिकाकी उपप्रमुख मीना पौडेल खतिवडा, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर लगायले शुभकामना व्यक्त गरेका थिए ।